धरान/स्वास्थ्य उपचारका लागि बैंकक गएका नेकपा (एमाले)का अध्यक्ष केपी ओली आज स्वदेश आउँदै छन् ।स्वास्थ्यको नियमित चेकजाँचपछि ओली झण्डै दुई सातापछि स्वदेश फिर्ता हुन लागेका हुन् ।
अध्यक्ष ओलीलाई हर्नियाको समस्या पनि देखिएको थियो । ओलीको स्वास्थ्य पूर्ण रुपमा राम्रो रहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
एमाले अध्यक्ष ओली चैत २६ गते बैंकक प्रस्थान गरेका थिए । उनको चैत २७ गतेदेखि नियमित चेकजाँच भएको थियो ।अध्यक्ष ओली मध्यान्ह १२ः१५ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको सचिव श्रेष्ठले जानकारी दिए ।
केही दिन आराम गरेपछि ओलीले स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा लाग्ने छन्