चक्रघट्टी/  वराह नगरपालिका–९ प्रकाशपुरको कौवा टोलमा आइतबार साँझ साढे ५ बजे सल्किएको आगोले ११ वटा घर ध्वस्त हुनुका साथै ७० लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट ११ परिवारका ४८ जना विस्थापित भएका छन् । अग्निपीडित प्रत्येक परिवारलाई पूर्व नागरिक तथा उड्डयन मन्त्री भीम आचार्यले एक–एक सेट ग्यास चुल्हा र सिलिन्डर वितरण गरेका छन् । आगामी दिनमा घर बनाउन काठको व्यवस्था मिलाउनुका साथै अन्य सहयोग पनि गर्ने आचार्यले जनाए । त्यस्तै समाजसेवी सन्तोष रौनियारले पनि प्रतिपरिवार ११ सय रुपैयाँका दरले वितरण गरेका छन् । राजावास युथ क्लब र स्थानीयको सक्रियतामा उनीहरूलाई खाना र खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।