विजयपुर/तिनकुने सुन्दर बस्ती बिकाश आयोजना अन्र्तगत रहेको बहुदेशीय जग्गामा बसपार्क निर्माणको कार्य थालनि गर्न वडा नागरिक मञ्च र बसपार्क निर्माण सहयोग समितीले माग गरेको छ ।

मङगलबार धरान उपमहानगरपालीका का कार्यकारी अधिकृत बिष्णुप्रसाद पौडेललार्ई ज्ञापन पत्र बुझाउदै वडा नागरिक मञ्च र बसपार्क निर्माण सहयोग समितीले बस पार्क निर्माणकोकार्यलाई सहयोग गर्नपनि आग्रह गरेका छन् ।ज्ञापनपत्रमा बसपार्क सहित आवश्यक पुर्वाधार निर्माणको कार्य तुरुन्त सुरुवात गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै उपमहानगरपालीकाका कार्यकारी अधिकृत बिष्णु खतिवडाले बिकाश निर्माणका बिषयमा स्थानिय बासि तथा नगरबासीका तर्फबाट प्राप्त सहयोग प्रसंसनिय भएको भन्दै आयोजना प्रमुख खगेन्द्रप्रसाद खतिवडालाई बस पार्क निर्माण कार्य तत्काल सुरु गर्न तोकआदेश समेत दिएका छन् ।बसपार्क निर्माण कार्य अगाडि बढाउन टेण्डर गर्ने गराउने प्रकृया समेत सुरु गर्न र आबश्यक परे नगर बिकाश कोष तथा धरान उपमहानगरपालीकाको मुल कोषको समेत सहायत लिन तोकआदेश गरिएको उनले बताए ।

बसपार्क निर्माणका बिषयमा धरान उपमहानगरपालीकाले यस अघिपनि पटक पटक छलफल र सार्बजनिक सुनुवाईहरु गरेको थियो ।वडा नागरिक मञ्च तथा बसपार्क निर्माण सहयोग समितीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ‘उपमहानगरपालीकाको तर्फबाट आयोजना अन्र्तगत कुनै जग्गाधनी बिषेशलाई कुनै अधिक पिरमर्का परेको रहेछ वा कुनै कुत्सीत मनसाय राखि मर्का पर्ने गरि कुनै कार्य भएको रहेछ भने त्यस्तो पिरमर्काको उचित सुनुवाई गरिने प्रतिबद्धता जनाउदा जनाउदैपनि उपमहानगरपालीकालाई बिश्वास नगर्ने र बसपार्क निर्माणको आयोजनालाई कुनैपनि हालतमा अगाडी बढाउन नदिने अभिब्यक्ति र ब्यबाहारका गर्ने केहि सिमीत जग्गधनीहरुलाई सो समस्या सामाजीक समस्याको रुपमा छलफल र समाधान निकाल्न पटक पटक प्रयत्न गर्दा समेत उहाँहरुको नकारात्मक सोच र धारणका कारण उचिन निश्कर्ष निकाल्न नसकिएको हुँदा उहाँहरु प्रति हामी जग्गाधनिहरु,छरछिमेकीहरु,यातायात ब्यबासायीहरु ,वडा स्तरीय राजनितिकदलका प्रतिनिधी,वडा नागरिक मञ्चका पदाधिकारी तथा सदस्यहरु एबं सम्पुर्ण सरोकारवालाहरुको दुःख प्रकट गर्दै आयोजना सञ्चालनमा कुनै अबरोध नगर्न समेत सार्बजनिक अपिल गर्दछौं ।

धरान उपमहानगरपालीका र धरानमा कृयाशील राजनैतिक दलहरुले गत फागुन १ गते नै उक्त स्थानमा बसपार्क निर्माण गर्ने बिषयमा औपचारीक निर्णय गरि सकको भन्दै बसपार्क निर्माणको प्रकृयालाई तत्काल सुरु गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा वडा नागरिक मञ्चकी संयोजक चेतना श्रेङ र बसपार्क निर्माण सहयोग समितीका संयोजक धनबहादुर राईले हस्ताक्षर गरेका छन् ।ज्ञापनपत्र संगै दुबै समितीले स्थानियबासी र जग्गाधनिको हस्ताक्षर समेत बुझाएको छ ।कतिपय जग्गा धनिहरु पहिचान गर्ने क्रममा रहेको र धरान बाहीर रहने जग्गा धनिहरुले बसपार्क बनाउने बिषयमा सहमती दिईसकेको वडा नागरिक मञ्चकी संयोजक चेतना श्रेङले बताईन ।