धरान/धरान प्रहरीले लागूऔषध र गाजासहित चारजनालाई धरानको छुट्टाछुट्टै स्थानबाट समातेको छ । इलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले शुक्रबार र शनिबार गरी ४ जनालाई नियन्त्रण लिएर कारबाही अघि बढाएको जनाएको छ । शुक्रबार धरान–५ का एलेक्स राई र शेरबहादुर मगरलाई २०/२० ग्राम गाजासहित नियन्त्रणमा लिएको हो । त्यस्तै शनिबार धरान–८ तिनकुने चेकपोष्टबाट धरान–११ का टीकाराम राईको साथबाट ४ एम्पलु एभिल, ४ एम्पुल डाइजेलाब र ८ एम्पुल लुपिजेसिकसहित नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । शनिबार नै चेकपोष्टबाटै धरान–८ का विसन राईको साथबाट एकसय ट्यावलेट नाइट्रोसनसहित नियन्त्रणमा लिएको छ । सबैलाई लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको छ ।