शनिश्चरे, मोरङ / पूर्वपश्चिम मुख्य सडक अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविर अगाडी गाडीको ठक्करबाट मोटरसाइकल चालक लेटाङस्थित श्रीमावि जाँतेका एकजना शिक्षकको ज्यान गएको छ । को.२च १६६ नम्बरको टाटा गाडीले ठक्कर दिँदा मोटरसाईकल चालक ४७ वर्षिय शिक्षक होमबहादुर बुर्जा मगरको ज्यान गएको पथरी प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो भएको दुर्घटनामा सख्त घाईते मगरको उपचारको क्रममा धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साँझ ज्यान गएको पथरी प्रहरी प्रमुख राजन कार्कीले जनाए । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् ।