लहान / माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लहान नरपालिकाका पूर्वमेयर मुनि साह तथा जिल्ला कमिटी सदस्यहरू राजकुमार यादव, राजकुमार साह र अशेश्वर यादवको अगुवाइमा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरूले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
यस्तै काङ्ग्रेस, चुरे भावर र सङ्घीय समाजवादी परित्याग गरेर एमालेमा प्रवेश गर्ने नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य रामपृत पासवानले माला र अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा मुनि साहले भने, ‘म पार्टी प्रवेश गरेको होइन, आप्mनो पुरानो घर फर्केको हो ।’ एमालेले लहान नगरपालिकामा स्थानीय तहको चुनावमा विजयी भएरै छाड्ने विश्वास व्यक्त गर्दै उनले आपूm एमाले छाडेर माओवादीमा गएकोमा पश्चात्ताप लागेको बताए । साहले अब दुःख–सुखमा पनि आप्mनो घर एमाले कहिल्यै नछाड्ने प्रतिबद्धता जनाएका थिए ।
एमालेका केन्द्रीय सदस्यहरू रामपृत पासवान, जया घिमिरे, रामचन्द्र यादव, गङ्गाप्रसाद यादव, लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरूले एमाले सिरहा जिल्लाको एक नम्बर पार्टी बन्ने उद्घोष गरेका थिए । मधेशी मोर्चाले एमाले नेता–कार्यकर्तामाथि हमला गर्ने कार्य नरोके प्रतिकारमा उत्रने पनि नेताहरूले बताए ।