बेलबारी / माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाईसीएल) केराबारीको गाउँ सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले सञ्जु श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय समिति चयन गरेको छ । समितिमा पहाडी वडामा एक–एकजना उपाध्यक्ष पर्ने गरी चारजना उपाध्यक्ष चयन भएका छन् । कार्यक्रम पार्टीका पोलिटब्युरो सदस्य हेम कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यसैगरी केराबारी–९ मा माओवादीनिकट दलितहरूको भेलाले बुद्धिमान परियारको अध्यक्षतामा २५ सदस्यीय दलित मुक्ति मोर्चा समितिको चयन गरेको छ ।