धरान / भेडेटार नजिक गुडिरहेको मोटरसाइकलमा सल बेरिएर लड्दा आइतबार एक महिलाको मृत्यु भएको छ ।

सदरमुकामबाट धरानतर्फ जाँदै गरेको को६प ८६७५ नम्बरको मोटरसाइकलमा सवार उदयपुर १ का ३१ वर्षिया सुकुना श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडिको चक्कामा सल बेरिएर सडकमा लड्दा गम्भीर घाइते भएकी श्रेष्ठको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पोस्टमार्टम पनि प्रतिष्ठानमा गरिएको जनाइएको छ ।