काठमाडाैं / राष्ट्रियताको मुद्धामा सदैव अडिग केपी ओली अहिले थाइल्याण्ड पुगेका छन । तर,यही मौकामा प्रधानमन्त्री प्रचण्डले चौका हान्दै छन । यस अगाडि पास हुन नसकेको संविधान संशोधन सम्बन्धी विद्येयक आजै संसदमा दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । उक्त विद्येयकमा हिन्दी भाषालाई कामकाजी भाषा बनाउनु पर्ने,वैवाहिकले अंगीकृत नागकिरता पाउनु पर्नै लगायतका केही बुँदा समावेश छन । यस अगाडि गत असोज तीनमा नयाँ संविधान जारी भएसँगै केही धारामा असन्तृष्टी राख्दै टेढिएको मधेसी मोर्चालाई स्वीकार्य हुने गरी प्रधानमन्त्री प्रचण्ड संविधान संशोधन प्रस्ताव संसद्मा पेश गर्ने तयारीमा लागेका हुन । भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई पनि संविधानका अनुसूची थप गरी समावेश गर्ने तयारी छ ।जस्मा हिन्दी भाषालाई कामकाजी भाषा बनाउने तयारी समेत भइरहेको छ । त्यस्तै भारतीइहरुले सहजै नेपाली नागरिकता पाउनेगरी संविधान संशोधन गरिनुपर्नै मधेसी नेताहरुको अडान छ । सोही अडान अनुसार मधेसी नेताहरुलाई मनाउने गरी नै प्रधानमन्त्री प्रचण्डले केपी ओली थाइल्याण्ड पुगेको मौका छोपी यो विद्येयक संसदमा पुन दर्ता गर्न लागेका हुन ।

यद्यपि यो विद्येयक पास गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता पर्दछ । यस अगाडि पनि संसदमा दर्ता भएको विद्येयक दुई तिहाई पुग्न नसक्दा त्यसै अलपत्र परेको थियो ।