तरहरा (सुनसरी) लामो समय पछि हुन लागेको स्थानीय निर्वाचनमा चुनाव उठ्ने आकाक्षी धेरै हुदा नेपाली काग्रेस र एमालेमा पाटी भित्रको आन्तरीक प्रतिष्प्रर्धा कडा भईरहेको छ । मेयर, उपमेयर देखि वडाअध्यक्ष सम्म कडा प्रतिष्प्रर्धा देखिएको छ । यता माओवादी,राप्रपा र फोरम लोकतान्त्रिकमा भने काग्रेस एमालेमा जस्तो कडा प्रतिष्प्रर्धा छैन ।

इटहरी मेयर तथा उपमेयर हुदै वडाअध्यक्ष,सदस्य सम्म नेपाली काग्रेस र एमाले भित्र आकक्षीहरु धेरै भएको कारण आन्तरीक सकस धेरै छ । एमाले मेयरका आकाक्षीहरु सर्वध्वज साँवा, द्धारीकलाल चौधरी, यामकुमार सुब्वा, रामप्रसाद चौलागाई, लक्ष्मी गौतमको नाम चर्चामा छ । उपमेयरमा लक्ष्मी गौतमको सबैभन्दा धेरै अगाडी छ । विष्णु शर्मा, इन्दु गौमत, अम्विका चौधरी, रुकमणी कोईरालाको नाम चर्चामा छ । एमाले भित्रको गुटगत राजनितिका कारण उमेरद्धार छनोट त्यती सहज छैन । नेपाली कांग्रेबाट मेयरमा सबैभन्दा बढि चर्चामा हेमकर्ण पौडेल, मणिराम श्रेष्ठ र रोहित प्रसाईको नाम चर्चामा छ । उपमेयरमा भने इटहरी कांग्रेसमा चिनिएका नेतृहरु विमला ढकाल, गीता श्रेष्ठ र धर्मा गिरीको नाम चर्चा बढेर गएको छ । काग्रेस भित्रको पार्टी भित्रको गुटगत राजनितिका कारण पनि आन्तरीक प्रतिष्प्रर्धा नै कडा हुने देखिएको छ । तर नेपाली काग्रेसका नगरसभापति हेमकर्ण पौडेलले भने काग्रेस भित्र गुटको राजनिति नभएको वताए । माओवादी केन्द्रकाबाट सागर सुवेदी, शिव डाँगी र सारदा पोखरेलको नाम चर्चामा छ । उपमेयरमा राम कुमारी चौधरी र सपना परियारको नाम चर्चामा छन् । राप्रपाबाट मेयरमा रोहित कार्की, रामु पोखरेल, उपमेयरमा माया रायमाझीको नाम अग्र स्थानमा रहेको छ । फोमर लोकत्रान्तिकबाट इटहरी मेयरमा एक्लो उमेरद्धार कोवितजंग कार्की छन् भने उपमेयर उर्मिला चौधरी, लिला चौधरी, शुशिला चौधरीको नाम चर्चा छ । करीव १९ वर्ष देखि हुन नसकेको स्थानीय निर्वाचनको लागी युवापूस्ताहरुको मोह समेत बढेको छ । २०६८ सालको जनगणनाले इटहरीको जनसंख्या १ लाख ४० हाजर ५ सय १७ देखाँउछ । अहिले चुनावी माहोल ताते सँगै चिया पसल देखि भट्टी पसल सम्म स्थानीय चुनावको चर्चा ब्यापक हुन थालेको छ । साविक गाविसहरुलाई मिलाएर इटहरी उपमहानगरपालीका भए सँगै सबै दलले आफ्नो जित हुने दावी गदै आएको छन । इटहरी उपमहानगरपालीकामा ७८ हजार १ सय २८ जना मतदाता रहेका निर्वाचन कार्यलय सुनसरीले जनाएको छ ।