ताप्लेजुङ / आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा ताप्लेजुङमा माओवादी केन्द्रले एक नगरपालिकासहित आठ गाउँपालिकाका उम्मेदवारको नामावली घोषणा गरेको छ । माओवादीले फुङ्लिङ नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष गरी १९ जनाकोे नाम घोषणा गरेको हो । सदरमुकामस्थित पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी माओवादीले उम्मेदवारको नामावली घोषणा गरेको हो । ताप्लेजुङको एकमात्र नगरपालिका फुङ्लिङका लागि माओवादीले मेयरमा बमबहादुर भट्टराई (तारा) लाई उम्मेदवार बनाएको छ । त्यसैगरी उपमेयरमा भने मलिसा थापा यक्सोलाई चुनावी मैदानमा पठाउने भएको छ । त्यसैगरी गाउँपालिकातर्पm सिरिजङ्गा गाउँपालिकाबाट तेजशमशेर भट्टराई काजि, बुद्धिमाया बेघा लिम्बू, सिदिङ्वा गाउँपालिकाबाट जीवन ताम्लिङ र कृष्णकुमारी कडरिया (वन्दना), याङ्वरक गाउँपालिकाबाट नेत्र न्यौपाने र सीता राई, फक्ताङलुङ गाउँपालिकावाट लक्ष्मी अन्छङ्वो (आवाज) र तारादेवी लिम्बू, मिक्वाखोला गाउँपालिकाबाट खड्क साँवा (उजाड) र चन्द्रकला गुरुङ, मेरिङदेन गाउँपालिकाबाट दावा छिरिङ शेर्पा (विशाल), भीमकुमार केदेम र अमृता मगर शेर्पा, मैवाखोला गाउँपालिकाबाट नवीन वनेम र सुनिता वनेम तथा आठराई गाउँपालिकाबाट बालचन्द्र आङ्बुहाङ र मनु मादेनलाई अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारका रूपमा चुनावी मैदानमा पठाइने भएको छ ।