धरान/भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम् नेपाल भारत प्रवुद्ध समूहका भारततर्फका संयोजक भगतसिंह कोस्यारीले हिमालयदेखि कन्याकुमारीसम्म नयाँ युगको सुरुवात भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता कोस्यारीले नेपाल द्धन्द्धबाट उठेर अब हिँड्न थालिसकेको बताउँदै भने, “नेपाल अहिले उठेर हिँड्न थालिसकेको छ, यो खुशीको कुरा हो, हाम्रो लागि मात्रै नभएर पूरा विश्वको लागि खुशीको कुरा हो ।” उनले नेपालका दलहरुले आफ्ना कार्यक्रममा विरोधीहरुलाईपनि बोलाएर एउटै मञ्चमा राखेर कार्यक्रम गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै भने, “यहाँ त एउटै मञ्चमा विरोधीहरुलाई पनि बोलाईदो रहेछ, यस्तो हाम्रो भारतमा हुँदैन, यो परम्परा छैन, यो कुरा हामीले नेपालबाट सिक्नुपर्छ ।” उनले नेपालमा सबै तहको निर्वाचन भएमात्रै भारत खुशी हुने बताउँदै भने, “जुनदिन नेपालमा सबै तहको निर्वाचन, खासगरी स्थानीय तह, प्रदेश र केन्द्रिय संसदको चुनाव होस्, संसदको चुनाव हो, त्यो दिन भगतसिंहको मात्रै नभएर पूरा भारतको सम्मान हुन्छ । अहिले म सम्मानित हुन लायकको छैन ।” उनले नेपालको समृद्धिको लागि पनि चुनाव पहिलो कदम भएको बताउँदै भने, “नेपाल नम्बर वान बन्नुपर्छ । मलाई लाग्छ, नेपालमा सँधै सुर्य उदाएको छ, कमल फुलिरहेको छ, प्रधानमन्त्री अहिले अलिकति कन्फूयुज देखिनुहुन्छ । अब कन्फ्युज नबन्नुहोस्, नेपालको विकासका संभावनाहरु धेरै छन् ।” उनले नेपाल प्राकृति स्रोत र साधनहरुले भरिपूर्ण रहेको बताए । उनले पर्यटनदेखि हाईड्रोपावरसम्मको संभावना रहेको बताए । उनले भने, “नेपालले यी स्रोत र साधानहरुलाई उपयोग गर्नुपर्छ, मोहन बैद्य चुनावमा भाग लिन चाहनुभएको छ, यो राम्रो संकेत हो ।” कोस्यारीले नेपाल भारत भन्दापनि विकासमा राम्रो हुने बताउँदै भने, “भारतको जिडिपी भन्दापनि राम्रो हुन्छ ।दैनिक नेपालबाट