ताप्लेजुङ / आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा ताप्लेजुङमा माओवादी केन्द्रले एक नगरपालिकासहित आठ गाउँपालिकाका उम्मेदवारको नामावली घोषणा गरेको छ ।
माओवादीले फुङ्लिङ नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष गरी १९ जनाकोे नाम घोषणा गरेको हो । सदरमुकामस्थित पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी माओवादीले उम्मेदवारको नामावली घोषणा गरेको हो । ताप्लेजुङको एकमात्र नगरपालिका फुङ्लिङका लागि माओवादीले मेयरमा बमबहादुर भट्टराई (तारा) लाई उम्मेदवार बनाएको छ । त्यसैगरी उपमेयरमा भने मलिसा थापा यक्सोलाई चुनावी मैदानमा पठाउने भएको छ ।
त्यसैगरी गाउँपालिकातर्पm सिरिजङ्गा गाउँपालिकाबाट तेजशमशेर भट्टराई काजि, बुद्धिमाया बेघा लिम्बू, सिदिङ्वा गाउँपालिकाबाट जीवन ताम्लीङ र कृष्ण कुमारी कंडरिया बन्दना, याङवरक गाउँ पालिकाबाट नेत्र न्यौपाने र सिता राई, फक्ताङलुङ गाउँपालिकावाट लक्ष्मी अन्छङवो आवाज र तारा देवि लिम्बू, मिक्वाखोला गाउँपालिकाबाट खड्क साँवा उजाड र चन्द्रकला गुरुङ, मेरिङदेन गाउँपालिकाबाट दावा छिरिङ शेर्पा विशाल, भिम कुमार केदेम र अमृता मगर शेर्पा, मैवाखोला गाउँपालिका बाट नविन वनेम र सुनिता वनेम र आठराई गाउँपालिकाबाट वालचन्द्र आङवुहाङ र मनु मादेनलाई अध्यक्ष र उपाध्यक्षमा उमेरद्धारको रुपमा चुनावी मैदानमा पठाएको छ ।