धरान /खम्बुवान राष्ट्रिय मोर्चाका नेता कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । [caption id="attachment_39278" align="alignnone" width="900"] पत्रकार सम्मेलनमार्फत् पार्टी परित्यागको घोषणा गर्दै खम्बुवानको नेता कार्यकर्ताहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै मोर्चाका ८ जना केन्द्रीयसदस्यसहित धनकुटा जिल्लाका अध्यक्षसहित १००७ जना साधारण सदस्यहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी अध्यक्ष आरके खम्बूले मनोमानी ढङ्गले पार्टी परिचालन गरेको आरोप लगाउदै उनीहरुले पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यहरुमा नेपालधन राई, खड्ग खम्बू, कृष्ण खम्बू, लोकेन्द्र खम्बू, विजय खम्बू, रुपलाल खम्बू, उमेश खम्बू र राम साम्पाङ्ग छन् । त्यसमध्येमा नेपालधन धनकुटा जिल्लाका अध्यक्षसमेत हुन् । धनकुटा जिल्लाका बरिष्ठ उपाध्यक्ष खड्गबहादुर खम्बू, उपाध्यक्षद्वय गजेन्द्र खम्बू, र चेतबहादुर खम्बू, सचिमा कृष्ण खम्बू, सह सचिवमा बुद्धिमान खम्बू, कोषाध्यक्ष हर्कराज खम्बू र सह कोषाध्यक्ष किरण खम्बूहित २३ जना कार्यसमितिसहित १००७ जना साधारण सदस्यहरुले नै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।