काठमाडौँ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।
बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो ।
सो अवसरमा डा भट्टराईले आफ्नो पार्टीले माग गर्दै आएको निर्वाचन चिह्नबारे राख्नुभएको जिज्ञासामा सभापति भट्टराईले सकारात्मक जवाफ दिएका डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
नयाँशक्ति पार्टीले चुनाव चिह्नलाई लिएर केही दिनदेखि धर्ना कार्यक्रम गर्दै आएको छ । रासस