चतरा/राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा प्राप्त अधिकारलाई संस्थागत गर्नकाे लागि पनि निर्वाचन आवश्यक रहेको बताएकी छन् ।
[caption id="attachment_38964" align="alignnone" width="1024"]
राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रम स्थलमा जानुपूर्व स्वागतका क्रममा । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
प्राचिन हरिद्वार चतराधामममा ‘प्रस्तावित योगमाया आर्युवेद विश्वविद्यालय’ को बृहत छलफल तथा धार्मिक तीर्थस्थलको अवलोकनका क्रममा उनले लोकतन्त्रलाई सुदृढिकरणको लागि पनि निर्वाचन आवश्यक रहेको बताइन् । उनले जनतालाई प्राप्त उपलब्धीलाई गतिशील दिन र जनताको आकक्षा पूरा गर्न पनि निर्वाचन आवश्यक रहेको बताइन् ।
उनले त्यस क्रममा कोशी बाढीपीडितको समस्यालाई तत्काल समाधान गर्नको लागि सम्बन्धित पक्षहरुलाई निर्देशन दिने बताएकी छन् । कोशी कटानका कारण वर्षेनी हजारौं मान्छेहरु विस्थापित हुने गरेको छ । त्यो विषयलाई उनले गम्भीर रुपमा लिदै कोशी कटानले प्राचिन हरिद्वारलाईसमेत प्रभावित पार्ने भएकाले त्यसका लागि सरकार र भारतीय पक्षलाई निर्देशन दिने बताइन् ।
उनले कोशी प्रभावित क्षेत्र साथै बराह क्षेत्र मन्दिर परिषरमासमेत हेलिकप्टरमार्फत अध्ययन अवलोकन गरेकी थिइन् । त्यसक्रममा आमा मिथिला पाण्डेसँग भेट गर्दै अङ्कमाल गरिन् । उनले समाधिपछि जागृत भएका जगतगुरु १००८ श्री बैष्णव कृष्णदास महाराजसँग भेट गर्दै रामानन्दचार्य सेवा पीठबाट प्रशंसा पत्रसमेत प्राप्त गरिन् ।
चैत्र १६ गते समाधिमा बसेका कृष्णदास बुधबारमात्रै जागृत भएका थिए । रामनवाह तथा हनुमान जयन्तीको अवसर पारेर उनी समाधिबाट जागृत भएका थिए । उक्त क्षेत्रमा योगमाया आर्युवेद विश्वविद्यालय बनाउने योजना रहेको र सहयोगको लागि उनले राष्ट्रपति भण्डारी सामू आग्रह गरे । प्राचिन हरिद्वारलाई हरित गृह बनाउने आफ्नो योजना रहेको बताएका थिए । उनले आफू १० वर्षदेखि यो अभियानमा लागेको र यसलाई धार्मिक पर्यटकीय क्षेत्र मात्रै हैन, आर्युवेदको क्षेत्र बनाउदै राष्ट्रलाई समृद्ध बनाउने बताए ।
उनले संसार आत्माबाट चलेको बताउदै सबै आत्मामुखी भएमा भ्रष्टचार, दुराचार, द्धन्द्ध, हत्या हिंसा निराकरण भएर जाने बताए । कार्यक्रममा पूर्व पर्यटनमन्त्री भीम आचार्यले कोशी प्रभावितहरुको समस्यालाई निराकरण गर्नको लागि राष्ट्रपतिमार्फत् राज्यसँग आग्रह गरे । कार्यक्रम आयोजक बृहत्तर बराहक्षेत्र विकास समितिको तर्फबाट पनि राष्ट्रपतिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।