काठमाडौं/ विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका पूर्व भिसी डा विपी दासले दायर गरेको मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको छ। उनले चैत २ गते भिसीका लागि अयोग्य व्यक्तिलाई गरेको सिफारिस बदर गर्नुपर्ने, आफ्नो नाम सिफारिस गर्नुपर्ने र भिसीको नियुक्ती रोक्नुपर्ने भन्दै मुद्दा दायर गरेका थिए ।
उनले दायर गरेको रिटमा भिसीका लागि सबै भन्दा योग्य व्यक्ति आफू भएको तर भिसी नियुक्त गर्दा मूल्यांकन नभएको, डा रामेश कोइरालालाई अयोग्य भएकाले उनको नाम बदर गरी आफ्नो नाम सिफारिस गर्नुपर्ने र निर्वाचन आचारसंहिता लागू भएपछि डा राजकुमार रौनियारलाई नियुक्ती गरेको दाबी गर्दै खारेज गरिपाउँ भनिएको थियो ।
न्यायधीशद्वय विश्वम्भर प्रकाश श्रेष्ठ र आनन्द मोहन भट्टराईको संयुक्त इजलासले तत्कालका लागि निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने फैसला सुनाएको हो