काठमाडौं/आन्दोलनको क्रममा आफूले लगाएको नारालाई दिएर प्रकाशित भएका समाचारहरू प्रति नयाँशक्ति पार्टीकी नेता हिसिला यमीले ध्यानआकर्षण भएको बताएकी छन् । उनले कार्यक्रमको सुरुदेखिनै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल चलिरहेको र सोही समयमा आफू पनि धकेलाधकेलमा परेको बताएकी छन् ।

उनले झण्डै एक घण्टाजतिको सकस र ठेलमठेलमा आफू ‘अर्धमुर्छित’ जस्तै हुन पुगेको बताएकी छन् । अर्थात सो क्रममा आफ्नो होस हराएको उनले बताएकी हुन् । आज एक विज्ञप्ती जारी गर्दै आफूलाई पती बाबुराम भट्टराई लगायत अन्य साथीहरुले सम्हालेको बताएकी छन् ।

त्यो बीचमा आफूहरुलाई सुरक्षाकर्मीले समातेर सुरक्षा भ्यानमा राखेको र सोही अवस्थामा आफू अर्धचेतकै अवस्थामा रहेको उनले विज्ञप्ती मार्फत बताएकी छन् ।

त्यो बेलामा आफू चिच्याउँदै नाराबाजी गर्न लागेको र सोही क्रममा स्थानीय निर्वाचन ऐनको आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोशपूर्ण हुँदा अन्यथा भएको उनले बताएकी छन् ।

उनले जनजाति समुदायकी छोरी भएकोले र नेपाली भाषामा राम्रो दखल नहुँदा आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको बताएकी छन् । ‘पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें ।’ उनले भनेकी छन् ।

साथै उनले आफू आजीवन देश र जनताको निम्ति समर्पित हुँदै आएकी बताएकी छन् । सम्पूर्ण परिवार नै देशको हितमा राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएको समेत उनले लेखेकी छन् ।

साथै उनले त्यो परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दुख प्रकट गरेकी छन् । उनले अन्तरहृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्न चोहेको बताएकी छन् । उनले यो देश खारेज गर भनेको भिडियो सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार । डा‌‍ बाबुराम पत्नीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउन माग