पाल्पा/ स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा पाल्पामा चुनावीे प्रचारप्रसारमा तीव्रता आएको छ ।
दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावलाई सफल बनाउन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा व्यस्त बनेका छन् ।
यसअघिको संविधान सभाको चुनावमा जस्तै अहिलेको स्थानीय निकायको चुनावलाई विशेष महत्व र चासोका साथ स्थानीय नेता, कार्यकर्ता र नागरिकले लिएका छन् ।
गाउँ÷गाउँमा नेता, कार्यकर्ताको आगमनले चुनावी चहलपहल बढ्दो छ । निर्वाचनको चर्चासँगै दुई नगरपालिका र आठ गाउँपालिकामा पार्टीबाट टिकट प्राप्त गर्ने आकांक्षीले अहिले गाउँ गाउँ पुगिरहेका छन् ।
यतिबेला विभिन्न राजनीतिक दल आफ्नो पक्षमा मतदाता सङ्ख्या बढाउन गाउँ र टोल÷टोलमा प्रचारात्मक तथा भेटघाट कार्यक्रम गर्न लागिका छन् ।
अहिले चिया पसल, गाउँ, नगरका चोक, चौतारा, खुल्ला स्थानमा निर्वाचन कै चर्चा हुने गरेको छ ।
चुनावी मैदानमा दौडिएका नेता कार्यकर्ताले आफ्ना उम्मेदवारलाई जिताउन गाउँका विकास निर्माणका योजना पनि मतदाता समक्ष प्रस्तुत गर्न थालेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका राजनीतिक दलभित्रै विभिन्न गुट उपगुटले गर्दा उम्मेदवार चयन गर्न समस्या परेको छ । चोक, चौतारी, चिया पसल, बाटोमा विभिन्न राजनीतिक दलका चर्चित नेताहरुको चर्चा चले पनि औपचारिक रुपमा उम्मेदवारको घोषणा नहुँदा अन्योलता छाएको रामपुरका स्थानीयवासी तीर्थकुमारी पौडेल बताए ।
जिल्ला निर्वाचन कार्यालय पाल्पामा ११ वटा राजनीतिक दल दर्ता भएका छन् । नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा माक्र्सवादी र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आफ्नो दल दर्ता गरेका छन् ।