धरान/एमाले नेतृत्वको सरकारको पालामा निकै लोकप्रिय मन्त्रीको रुपमा चिनिएका लालबाबु पण्डित बिराटनगर उपमहानगरपालीकाको मेयरको लाईन उभिएका छन् ।

पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न आफू तयार रहेको बताएका छन् ।

पार्टिले मेरो आबश्यक्ता महसुस ग¥र्यो भने म चुनाब लड्न तयार छु,बिराटनगरको बिकाशकालागि तयार छु ।बिराटनगरलाई महानगरपालिका बनाउन लागि परेका पण्डितले ‘केही पार्टीले अवरोध गरेका कारण सम्भव नभएको बताए ।