काठमाडौं/ नेपाली राजनीतिमा विकासको नारा बोक्ने नेता मानिन्छन् डा.बाबुराम भट्टराई । भट्टराई पुर्व प्रधानमन्त्री समेत भइसकेका नेता हुन्।

यस्तै मधेस आन्दोलनबाट एकाएक चर्चामा आएका अर्का नेता हुन् उपेन्द्र यादव । उपेन्द्र यादवलाई माओवादी कार्यकर्ताहरुले रौतहटको गौर हत्याकाण्डका दोषी मान्दै आएका छन् ।

यस्तै नेपाली राजनीतिमा मुलुक विखण्डनको नारा बोक्ने अर्का पात्र हुन् डा. सिके राउत । सिके राउत यस्ता पात्र हुन जो नेपाली माटोलाई ‘वेश्या’को आरोप लगाउछन् ।

उनी अलग मधेश देश खोज्न उद्धत छन् । सिके राउत अमेरिकी वैज्ञानिक संस्था नासाका वैज्ञानिक हुन । हाल उनी प्रहरी हिरासतमा छन् । तर सिके राउत प्रवृती मुलुककै लागि निकै घातक छ । तर अब बाबुराम,उपेन्द्र र सिके राउतको एउटै पार्टी बन्दैछ ।

नयाँ पार्टीको नाम के राख्ने तय नभएपनि पार्टीको सर्वोच्च नेता भने बाबुराम भट्टराई बन्नेछन् । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच स्थानीय चुनाव अघि नै पार्टी एकता गर्ने पहल सुरु भइसकेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि लगातार सम्वाद जारी छ ।

यसका लागि नयाँ शक्तिको तर्फबाट रामचन्द्र झालाई एकताको पहल गर्ने जिम्मा दिइएको छ । ४ दिनअिघ बसेको नयाँ शक्तिको वैठमा झाले वैशाख पहिलो साता पार्टी कार्याकर्तालाई नयाँ वर्षको उपहारका रुपमा संघीय समाजवादीसँग पार्टी एकताको सन्देश दिने बताएका थिए ।

संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे वार्ता गर्न नयाँ शक्तिले झाको नेतृत्वमा गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटा रहेको वार्ता टोली नै बनाएको छ । सिके राउतसंग पनि एकताको तयारी नयाँ शक्ति नेपालको केन्द्रिय समितिको वैठकमा उपेन्द्रसँगै डा.सिके राउतसंग पनि एकता गर्ने बहस सुरु भएको थियो । नेपाल विखण्डनको नारा बोक्ने सिके राउतलाई भट्टराईले किन अगाल्न खोज्दैछन् त्यो भने रहस्यको विषय बनेको छ । बैठकमा डा भट्टराईको भनाई उदृत गर्दै एक नेताले भने–‘शान्तिपूर्ण बाटोमा ल्याएर सिके राउतजीहरुसँग पनि हामी एकीकरणमा जाँदैछौं ।’

पार्टी एकीकरणपछि सिके राउतको रिहाईका लागि आफूहरुले पहल लिने भन्दै भट्टराईले भने–‘यो ठूलो र जटिल राजनीतिक प्रकृया हो । देशमा शान्ति र स्थिरता दिने हो भने हामीले यो जोखिम मोल्नैपर्ने हुन्छ । भट्टराईले सिके राउतको विषयमा आफुले राखेको विषय अहिले धेरैलाई नकारात्मक लागेपनि यसले दिर्घकालीन रुपमा ठुलो महत्व राख्ने बताएका थिए ।

स्रोतका अनुसार नयाँ शक्तिका सबै केन्द्रीय सदस्यलाई नयाँ पार्टीको केन्द्रीय सदस्यको मान्यता दिइनेछ । तर, केन्द्रीय समितिभन्दा माथि दुवै पार्टीको बीस सदस्यीय एउटा समिति बनाइनेछ र सबै निर्णय सो समितिले लिनेछ । सो समितिमा नयाँ शक्तिको तर्फबाट बाबुराम सहित हिसिला यमी, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, पासाङ शेर्पा, करिश्मा मानन्धर, अशोक शर्मा, मदन राईलाई राखिएको छ ।

(न्यूज सेवाबाट)