धनकुटा / संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी सरकारले जवर्जस्ती ढंगले स्थानिय चुनाव गरे स्थानिय चुनावको कुनै अर्थ नहुने वताएका छन् ।
संघिय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति धनकुटाको प्रथम जिल्ला अधिवेशनको विहिवार धनकुटाका समुद्धघाटन गर्दै नेपाल सरकारका पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री समेत रहेका यादवले यस्तो वताएका हुन । यादवले नेपालको जारी संविधानले नेपालका आदिवासी जनजाति, मधेसी, पछिपारिएको समुदायको माग र मुद्धालाई लत्याएर नरसंहार मच्चाएर आएको संविधान कहिले पनि नेपाली जनताको संविधान हुन नसक्ने वताए । उनले भने “त्यसैले नेपालको नयाँ संविधान संशोधनको विकल्प छैन ।”
यादवले नेपालको जारी संविधान शंसोधन हुन सकेन र जवर्जस्त ढंगले लाद्ने प्रयास गरियो भने जसरी नेपाली जनताले जनविद्रोह गरेर यो भन्दा पहिलेको ६ वटा संविधान फ्याके जस्तै यो संविधान पनि फ्याक्ने वताए । अध्यक्ष यादवले प्रधानमन्त्री पुष्प कमल दाहालले संसदमा संविधान संशोधनको प्रस्ताव लगे पनि अदिवासी जनजाति, मधेसी र पछि परेको समुदायको हितमा नरहेको दावी गरेका छन् । उनले संविधान संशोधन गर्नै पर्ने कारणहरु समेत स्पष्ट पार्दै भने “पहिलो कारण लामो समय देखी विभेदमा पारेको समुदायलाई अधिकार सम्पन्न वनाउन, दोश्रो विभेदकारी संविधानको धारा उपधारालाई सच्याउन रहेको हो । यसका लागी संसदमा पेश भएको विधेयकले सच्याउन नसक्ने वताउँदै अध्यक्ष यादवले संशोधन नगरी संविधान कुनै पनि हालतमा कार्यान्वयन नहुने ठोकुवा गरेका छन् ।
स्थानिय निकायको चुनाव हुन जरुरी छ, तर पहिले संसदको चुनाव हुनु पर्छ, त्यस पछि प्रदेशको र स्थानिय निकायको चुनाव प्रदेश मातहतमा हुनु पर्नेमा जोड दिए । केन्द्र शासित स्थानिय निकायको चुनावले संघियताको मुल मर्म र भावाना माथि नै आघात पर्ने वताए । पछिल्लो समयमा नेपाली राजनिति माफिया र भ्रष्टचारीहरुको हातमा पुगेको वताउँदै यादवले भने उत्पििडित समुदायलाई धनाढ्य वर्गको लोकतन्त्रले कुनै अर्थ नराख्ने वताए । उनले धनाढ्य वर्गहरुको लागी वनाइएको राजनितिक संरचनाको पनि कुनै अर्थ नहुने समेत दावी गरेका छन् ।
“जातिय मुक्तिको लागी संघियता, वार्गिय मुक्तिको लागी समाज” भन्ने नाराको साथ आयोजना गरिएको जिल्ला अधिवेशन उद्धघाटन सत्रमा संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष वलवहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रथम जिल्ला अधिवेशन उद्धघाटन सत्रमा पार्टीका उपाध्यक्ष रकम चेमजोङ्ग, पार्टी सचिव परशुराम वस्नेत, पार्टीका नेताहरु पदम अधिकारी, राजकुमार राई, आर्सी तुम्वा, निर्मला तावा, पृथ्वी नारयण कार्की, पार्वती राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।
सो अवसरमा दुई सय पचासको हाराहारीमा अन्य पार्टी परित्याग गरेर संघिय समाजवादी फारेममा प्रवेश गरेका थिए । नव प्रवेशीलाई पार्टी अध्यक्ष यादवले अविरामाला लगाई दिएका थिए । कार्यक्रमको संचालन पार्टी सचिव नगेन्द्र देवानले गरेका थिए । उद्धघाटन सत्र शुरु हुनु अघि जिल्ला सदरमुकाम धनकुटा वजारमा ¥याली समेत आयोजना गरि स्थानिय चुवाको वोटमा जनसभा आयोजना गरिएको थियो । सो अवसरमा संघिय साँस्कृतिक कलाकार संघमा आवद्ध कलाकारहरु विभिन्न गीत संगित तथा नृत्य समेत प्रश्तुत् गरेका थिए ।
तस्विहरु पनि छन् ।