पथरी / आदिवासी जनजातिहरु समुदायले जुनसुकै पार्टीमा रहेपनि नेतृत्व सहितको राजनीति गर्नुपर्ने नेताहरुले बताएका छन् । बिहिबार नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति मोरङले आयोजना गरेको अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रममा नेताहरुले सो कुरा बताएका हुन । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ सम्बन्धी प्रशिक्षण कार्यक्रममा उक्त कुरा बताइएको हो । आदिवासी जनजातिहरुले २००७ सालदेखि विभिन्न पार्टीको झण्डा बोके पनि नेतृत्व सहितको राजनीतिक नगरिएको कारण शासन सत्तामा नपुगिएको बक्ताहरुले बताएका छन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिक)का संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, महासंघ पथरीशनिश्चरे नगर समितिका निवर्तमान अध्यक्ष हेमभक्त गुरुङ लगायतले बोलेका थिए । जुनसुकै पार्टीको भए पनि वडादेखि केन्द्रीय समितिसम्म नेतृत्व सहितको राजनीतिक गर्नुपर्ने बक्ताहरुले बताएका हुन । स्थानीय तहको निर्वाचन सकेसम्म विचार पु¥याएर मदतान गर्नुपर्ने उनीहरुले बताए । महासंघका नगर अध्यक्ष चन्द्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य धनकुमार तामाङ, पथरी बहुमुखी क्याम्पस स्ववियु सभापति गोपाल साबा, नेकपा (माओवादी केन्द्र)का नगर सहईन्चार्ज बालकुमार मागर, संघीय समाजवादी फोरमका नगर अध्यक्ष बालकुमार तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चन्द्रसिंह कुलुङ, काजिमान थिङ लगायतले सहजिकरण गरेका थिए ।