इटहरी/ स्थानीय निकायको निर्वाचनको तोतिएको मिति जनीकिदै जाँदा इटहरीमा राजनीतिक दलहरुको पनि सक्रियता बढेको छ ।
विभिन्न वार्डमा कार्यकर्ता भेला गर्ने कार्यक्रम यहाँका प्रमुख पार्टीका नेताहरुले शूरु गरी सकेका छन् । निर्वाचनलाई नै मध्यनजर गरी सरकार र निर्वाचन आयोगले तोकेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन् ।
यसै क्रममा नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा पनि उम्मेदवारी चयनसँगै चुनावी कायृक्रम गर्दै आएको छ। बिहीबार इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा बडा नं.६ ले छलफल तथा कार्यकर्ता भेला कार्यक्रमको आयोजना गर्यो ।
भेलामा नेपाली काङ्ग्रेस नेताहरु अम्वरबहादुर गौली, बीरेन्द्र कार्की, दिलकुमारी राई मणिराम श्रेष्ठ, हेमकर्ण पौडेल ,केशव भट्टराई ,शिला गजमेर लगायतका नेताहरुले चुनवी रणनीतिका विषयमा आ–आफ्नो भनाई राखेका थिए ।