तरहरा (सुनसरी)/नेपाली काग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको टिकट नातावाद कृपावाद भन्दा पनि चर्चित र योग्य ब्यत्तिलाई चुनावमा टिकट दिन निर्देशन दिएका छन् । पार्टी भित्र सुनसरी लगायत देशको विभिन्न ठाउँमा टिकटको वार्गेनिङ भईरहेको भन्दै योग्य उमेरद्धार छान्न जिल्ला तथा क्षेत्रीय समितिहरुलाई निर्देशन दिएका हुन् । नेपाली काग्रेस क्षेत्रनम्वर ४ ले आयोजना गरेको क्षेत्रीय भेलालाई सम्वोधन गदै वरिष्ठ नेता पौडेलले हार्ने उमेरद्धारले टिकट पाएर हारे क्षेत्र तथा जिल्लालाई दिएको अधिकार केन्द्रमै लौजाने समेत वताए । उनले भने गुट उपगुटका नेताहरुले टिकट पाएर सक्षम नेताले नपाए दिएको अधिकार केन्द्रमा जान सक्छ उनले भने । पार्टी भित्र जो सुकै भए पनि चर्चित र योग्य उमेरद्धारले टिकट पाउँनु पर्ने उनको भनाई थियो । वरिष्ठ नेता पौडेलले नेपाली काग्रेस चुनावमा होमिएको भन्दै मधेसको सबै समस्या सामधान गर्ने संविधान संसोधन गरेर पनि अगाडी वढ्न नेपाली काग्रेस तयार रहेको उनको भनाई थियो । स्थानीय निर्वाचन गरौ लोकतन्त्र संस्थागत गरौ उनले भने । काग्रेसलाई चुनावमा जिताउँने हो भने मुखलाई हैन रुखलाई हेर्नु पर्छ उनले भने । एमालेले गम्भिरता नदेखाएको कारण देश समस्यामा गएको भन्दै उनले एमालेको आलोचना समेत गरे । एमालेकै कारण मधेसमा समस्या छ उनले भने । एक अर्को प्रसंगमा उनले भने संविधान संसोधनमा भोट नहाल्ने हो भने कमल थापालाई सरकारमा ल्याउँनुको औचित्य के ? किन उनलाई सरकारमा ल्याएको ? उनको प्रश्न थियो । मन्त्रि मण्डल विस्तार गरी गरी थापालाई सरकारमा ल्याउँनको औचित्य नभएको उनको भनाई थियो । यता नेपाली काग्रेसका जिल्ला सभापति राजिव कोइरालाले भने सुनसरीको सबै क्षेत्रमा चुनावी रणनिति वनाउँन काग्रेस लागी परेको वताए । लोकतन्त्र संस्थागत गर्ने काग्रेसले मात्र सक्छ सभापति कोईरालाले भने । क्षेत्रीय सभापति रामप्रसाद मेहेताको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गृहराज्यमन्त्री हरी सापकोटा,भौतिक निर्माण तथा यातायात राज्यमन्त्री सिताराम मेहेता , सुनसरी सभापति राजिव कोईराला, सचिव केदार भण्डारी, पूर्व जिल्ला सभापति रामवहादुर वस्नेत, काग्रेस दुई नम्बर क्षेत्रीय सभापति मणीराम श्रेष्ठ, इटहरी नगर सभापति हेमकर्ण पौडेल लगायतले मनतब्य राखेका थिए ।