धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकूलपति प्रा. डा. राजकुमार रौनियारलाई एनएमबी बैङ्कले बधाइ तथा शुभकामना ज्ञापन गरेको छ ।
प्रा. डा. रौनियारलाई बधाइ दिन एनएमबी बैङ्कका धरान शाखा प्रबन्धक मोहन तिम्सिना, बरिष्ठ अधिकृत प्रमोद शर्मा लगायत उपस्थित थिए ।
सोमबार आयोजित अनौपचारिक कार्यक्रममा, बैङ्कका सिईओ सुनील केसीले पठाएको बधाइ तथा शुभकामना पत्र धरान शाखा प्रबन्धक तिम्सिनाले वाचन गरेका थिए ।