इटहरी/ जिल्ला जनस्वास्थय कार्यालय मोरङ्गमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीले छापा मारेको छ । जनस्वास्थय कार्यालयमा लाखौ रुपैयाँको बेरुजू रहेको सुचनाको आधारमा छापा मार्दा कार्यलयका प्राबिधीक स्वास्थय अधिकृत मोहम्बद वासीर मियाँको नाममा मात्रै ६२ लाख १८ हजार ९ सय ४६ रुपैयाँ बेरुजू देखिएको छ । यो बाहेक जनस्वास्थय कार्यालयमा कार्यरत अन्य ५ जना कर्मचारीको नामममा समेत बेरुजू देखिएपछि अख्तियारले अनुसन्धान शुरु गरेको कार्यलयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
टेलिफोनमा आएको उजुरीका आधारमा सोमबार कार्यालयमा छापामारि कागजपत्र नियन्त्रणमा लिएको भट्टराईले जानकारी दिए । नायब सुब्बा मनोज, अधिकारी स्वास्थय शिक्षा टेक्निसियन परशुराम सङ्ग्रौला,लेखापाल ध्रुबकुमार बस्नेत र तथ्याङ्क अधिकृत भोगेन्द्र आचार्यको नाममा समेत बेरुजू देखिएको छ । लेखापाल बस्नेतका नाममा ७ लाख ४५ हजार २ सय ३९, तथ्याङ्क अधिकृत भोगेन्द्र आचार्यका नाममा २ लाख ६६हजार १५ रुपैयाँ बेरुजू रहेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस्तै परशुराम सङ्ग्रौलाको नाममा ८५ हजार ७ सय र नासु मनोज अधिकारीको नाममा भने २९ सय रुपैयाँ बेरुजू रहेको देखिएको अख्तियार इटहरीले जनाएको छ ।
रोग निवारणको हिसाब खै ? औलो र हात्तीपाइले रोग निवारणका लागि जिल्लामा आएको लाखौ रुपैयाँको हिसाब किताब स्वास्थय प्राबिधीक अधिकृत वासिर मियाँले देखाएका छैनन् । लामो समयदेखि जिल्ला जनस्वास्थय कार्यलय मोरङ्गमै बस्दै आएका मियाँले आर्थीक बर्ष ७१-७२मा मात्रै ३२ लाख ९७ हजार ४ सय ९ रुपैयाँ लगेर यसको फर्छयौट गरेका छैन । यो बजेट हात्ती पाइले रोग निवारण कार्यक्रमका लागि निकासा भएको बजेट हो । मियाँको नाममा आर्थीक बर्ष ६५-६६मा ३ लाख ५१ हजार,६६-६७मा ५ लाख ५ हजार सात सय ३० रुपैयाँ, ६७-६८मा २ लाख ३३ हजार ५० रुपैयाँ बेरुजू देखिन्छ । यो सवै रकम औलो रोग निवारण कार्यक्रमका लागि आएको बजेट हो । यसैगरि ६८-६९मा ११ लाख, ४३ हजार ७ सय ३० रुपैयाँ, ७९-७०मा ७३ हजार रुपैयाँ र ७१-७२मा ३२लाख ९७ हजार ४ सय ९ रुपैयाँ बेरुजु मियाँका नाममा रहेको छ । ६८-६९ पछिको बेरुजू भने हात्ती पाइले रोग निवारण कार्यक्रमका लागि आएको बजेट हो ।