धरान/धरान उपमहानगरपालिकाको ९ नम्बर वडा समिति कार्यालयको निर्माणाधिन भवनको लागि ९ नम्बर वार्डस्थित नेवार एकता समाजले आर्थिक सहयोग गरेको छ । समाजले सोमबार एक कार्यक्रमका बीच ११ हजार एकसय ११ रुपैया आर्थिह सहयोग गरेको हो । २२ लाखको लागतमा धरान–९ देवकोटापथमा कार्यालय बनिरहेको छ । भवन निर्माण समितिका अध्यष रत्न कटुवाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको समाजका सचिव अभिमन्यु श्रेष्ठले बताए । समाजका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, उपाध्यक्ष सविना शाक्य र कोषाध्यक्ष पुरुषोत्तम गुभाजूले चेक हस्तान्तरण गरे । त्यस्तै चुसमान भुजेलले पनि एघार हजार ५ सय ५५ रुपैया हस्तान्तरण गरेका छन् । तीर्थ मोक्तान र साङदोर्जे तामाङले पनि १० हजार रुपैया रकम हस्तान्तरण गरेका छन् । हाल वडा समितिको कार्यालय बगैचालाइनमा भाडामा रहेको छ ।