Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • इलामकी कविता बैैङ्कक जेलमा

इलामकी कविता बैैङ्कक जेलमा

alt
  • चैत १५, २०७३
  • ब्लाष्ट खबर

इलाम । इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् ।  आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थाई प्रहरीले १२ जनवरीमा थाई क्रिमिनल कोर्टमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ । आचार्य र अधिकारीले भने आफूहरू निर्दोष भएको बताएका छन् । अहिले अदालतमा मुद्दा चलिरहेकाले अदालतको आदेशअनुसार उनीहरूलाई जेलमा राखिएको छ । वकिलको परामर्श लिँदा उनीहरूलाई धरौटीमा छुटाउन दुईलाख ५० हजार थाई भ्याट धरौटी तिर्नुपर्ने बताएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । योसँगै वकिल राखेर उनीहरूको पक्षमा बहस र उनीहरूलाई भेटेर बहस नोट लेख्नका लागि कम्तीमा एक पटकको पाँच हजार थाई भ्याट लाग्ने र धरौटीमा छुटाउनका लागि कम्तीमा छ पटक भेट्नुपर्ने भएकाले उनीहरूलाई छुटाउन ठूलो रकम चाहिने बताइएको छ । धन कमाउनका लागि विदेश जान खोजिरहेकी आचार्यलाई दलालले क्यानाडा पठाई दिने प्रलोभन देखाए । क्यानाडा जस्तो मुलुकमा जान पाउने भएपछि सरसापट गरेर भएपनि आचार्यले विदेश जाने निधो गरिन् । दलालले थाइल्यान्ड हुँदै क्यानाडा पठाइदिने भनेपछि अधिकारीसँगै असोजको अन्तिम हप्ता आचार्य थाइल्यान्ड हुँदै क्यानाडा हिँड्ने तयारी थियो । त्यहाँ दलालले क्यानाडाको भिसा लगाएर राहदानी दिएपछि होटलमै थाई प्रहरीले पक्राउ गरेको आचार्यका आफन्तले जानकारी गराएका छन् । पक्राउ परेपछि सम्पर्क नभएकाले दलाल को हो भन्ने कुरा थाहा भइनसकेको परिवारले जनाएको छ । रासस

सम्बन्धित समाचार
देश बनाउनेलाई मतदान गर्नुस्ः राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश ब ...

टुम्लिङटार बिमानस्थल सञ्चालन

प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल सञ्चालनमा आ ...

गोर्खा सैनिकका समस्या समाधान गर्न पहल गर्छुः उम्मेदवार राई

भूतपूर्व गोर्खा सैनिक संघका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका समानुपाति ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
देश बनाउनेलाई मतदान गर्नुस्ः राप्रपा अध्यक्ष लिङ्देन
चार लागुऔषध कारोबारी पक्राउ
टुम्लिङटार बिमानस्थल सञ्चालन
गोर्खा सैनिकका समस्या समाधान गर्न पहल गर्छुः उम्मेदवार राई
बुढासुब्बा गोल्डकपको स्थायित्वका लागि अक्षयकोष स्थापना
‘कोरा’ बाटै प्रतिबद्धता
फेसबुकमा आएजस्तो छैन झापा ५
फेरिएन धुलाम्मे सडकको नियति
एनसेलले डिजिटल कृषि सेवा दिन किसानसँग सहकार्य
मतदाता शिक्षामा ध्यान देऊ
आजको राशिफलः २०८२ साल फागुन ४ गते सोमबार
धरान उपमहानगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट
एमालेका उम्मेदवार लिम्बूले शुरू गरे घरदैलो
पब्लिक स्कुलको शैक्षिक सुधारका अभ्यास
राप्रपाको चुनावी एजेण्डा ‘संवैधानिक राजतन्त्र’
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved