चतरा / सुनसरीको चतरामा सफारी र अटो टेम्पो व्यवसायीहरूको साझा सङ्गठनको रूपमा औलिया सिटी सफारी तथा अटो टेम्पो व्यवसायी सङ्घ गठन भएको छ । व्यवसायीहरूको संयुक्त बैठकबाट भीमबहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिका उपाध्यक्षमा शंकर लिम्बू, सचिव दीपक तामाङ, सहसचिव होमकुमार ठटाल र कोषाध्यक्षमा ईश्वर गौतम छानिएका छन् । यस्तै सदस्यहरूमा रिकेश तामाङ, भीमबहादुर तामाङ, हेमराज राई, अम्बिका घिमिरे, देवराज राई, कर्ण भुजेल, हिरालाल अधिकारी, बलबहादुर मगर, खेम नेपाल, प्रेम राउत, गणेश सुनुवार, डम्बर खवास, गुमानसिंह राई र लालबहादुर मगर छन् । वराहक्षेत्र चतराको रेल्वेलाइन–२ मा शुक्रबार गठन गरिएको सङ्घको सल्लाहकार समितिमा साजन राई, दीपक मगर र घनश्याम खवास सचिव तामाङले जनाए ।