भद्रपुर/झापाको एक सामुदायिक वनका अध्यक्ष र सचिवले कार्य समितिका केहि सदस्यहरुलाई जानकारी नदिई स्थानीय काठ मिलका व्यापारीलाई गोलिया काठ बेचेको उपभोक्ताले आरोप लगाएका छन् ।
सदरमुकाम भद्रपुरमा रहेको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई र सचिव सन्तोष पोखरेललले नियम विपरित कमिसनको खेलमा गोलिया काठ दाउराको रुपमा वेचेको उपभोक्ताले थाहा पाएपछि आरोप सगै घट्ना सार्वजानिक भएको हो ।
पछिल्लोपटक घाट गद्दी खाली गर्ने बाहनामा समितिका अध्यक्ष भट्टराई र सचिव पोखरेलले २० चट्टा गोलिया दाउराका रुपमा स्थानीय व्यापारी राजु खड्का, रत्नबहादुर भण्डारी, गणेश भण्डारी लगायतलाई प्रति चट्टा २५ हजारका दरले अवैध रुपमा विक्री गरेको खुलेपछि स्थानीय उपभोक्ता आक्रोसित भएका छन् ।
विभिन्न उपभोक्ता र चन्द्रगढी स्थित विश्रान्ति दाहसंस्कार गृहका लागि सहुलियतमा दाउरा दिएको निर्णय पुस्तिका बनाएर अध्यक्षकै निर्देशनमा सचिव पोखरेलले विक्री गरेको विक्री समितिका सदस्यहरुको भनाइ छ ।
सचिवको संयोजकत्वमा रहेको नौ सदस्यीय बिक्री समिति मध्ये कसैलाई पनि दाउरा व्यापारीलाई बेच्ने निर्णय र बेचिएको थाहा नभएपछि कमिसनतन्त्र रहस्यमय रुपमा बाहिर आएको हो । कागजी रुपमा एउटा निर्णय गर्ने व्यवहारिक रुपमा अर्कै काम गर्ने वन समितिले उपभोक्ता मैत्री काम नगरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
बिक्री समितिका सदस्य ध्रुव कार्कीका अनुसार वनको विधानले उपभोक्तालाई सर्वै सर्वा बनाएको भए पनि समितिका अध्यक्ष र सचिवको मनोमानीमा काठ दाउरा अवैध बिक्री वितरण भइरहेको आरोप लगाएका छन् । उनले पछिल्लो पटक चन्द्रढीको शेखरको मिलमा अवैध रुपमा आइपुगेको चिरान काठ समितिको निर्णयले नबेचिएको भन्दै आफूलाई जानकारी नरहेको जनाए ।
शनिवार दिउँसो चिरानका लागि शेखर कँडेलको मिलमा दुई ट्याक्टर काठ झरेपछि कँडेलले कागज पत्र माग गर्दा काठ ल्याउने व्यक्तिले कागज पत्र देखाउन नसकेको कँडेलले बताए । स्थानीय केही उपभोक्ताहरुलाई बोलाएर काठ बारे जानकारी दिएको उनको भनाई छ । सो क्षेत्रका उपभोक्ताको भेलाले वन समितिका अवैध कारोवारी विरुद्ध प्रतिकारमा उत्रने निर्णय गरेका छन् ।
उपभोक्ता शिवप्रसाद भट्टराइले उपभोक्ताले माग गर्दा ५ कुइण्टल दाउरा नपाउने तर कमिशन दिने व्यापारीहरुलाई कागज मिलाएर कमिशनमा बेच्ने समितिको औचित्य नरहेकोले कार्वाही हुनु पर्ने माग राखे । यस्तै अर्का उपभोक्ता पशुपति सुवेदीले काठ माग गर्दा नियम खोजी गर्ने तर नियम मिचेर कमिशनका पछि लाग्ने समितिका पदाधिकारीलाई कार्वाही गर्नै पर्ने उनको माग छ ।
यस विषयमा बुझ्दा समितिका सचिव तथा संयोजक पोखरेलले काठ मिलवालाहरुले काठ दाउरा खरिद गर्न नपाएको रिस समितिमा पोख्दा समस्याका रुपमा आएको बताए ।
उनले समितिले निर्णय गररै दाउरा बेचेको दाबी गरे ।जिल्ला वन कार्यलय झापका प्रमुुख बोधराज सुवेदीले भने समितिले तोकिएको प्रयोजन भन्दा वाहिर गएर आफु खुसी काठ दाउरा वेच्न नपाउने भन्दै यस्तो पाइएमा कारवाही गरिने वताए ।
उनले कुनै पनि वन समितिहरुले समितिका पदाधिकारीको व्यक्तिगत फाईदाका लागि वा व्यापारिक प्रयोजनका लागि भनेर काठ दाउरा वेच्न नपाईने वन ऐनले स्पष्ट पारेको जनाए ।
वार्षिक साधारण सभामा समितिका हरेक कृयाकलाप र स्रोतहरुको अनुमोदन नगरी समितिले काम गर्न नपाउने नियम विपरित समिति चलेको भन्दै उपभोक्ताहरुले आक्रोस पोख्ने गरेका छन् ।
यस पटक विक्री गरी चिरानका लागि झरेको दाउराबाट व्यापारिक गिरोहले २ सय क्युफिट बढी काठ निकाल्ने चिरान कर्मचारीहरु बताउछन् । वितेको तिन वर्ष अघि पनि यो समितिले गरेको अनियमिताका विषयमा ब्लाष्ट दैनिकमा सार्वजानिक भएको थियो ।
































