
इटहरी/ सीप सिकेर वैदेशिक जान चाहनेहरुका लागि इटहरीमा खुलेको आइटीआरके इन्टिच्यूट अफ होटल मेनेजमेन्ट एण्ड टुरिजममा युवाहरुको आकर्षण बढेको छ । नेपालमै राजगारी गर्न चाहने र वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि इन्टिच्यूटले विभिन्न तालिम प्रदान गर्ने गरेको सञ्चालक प्रेम तुम्वापोले बताए ।
इटहरी धरान रोडस्थित गोरखा गल्लीमा खुलेको सो इन्टीच्यूटमा सम्पूर्ण होटल व्यवस्थापन सम्बन्धी साथै तालिम दिने र तालिम लिएकालाई रोजगार पनि खोजी दिने सञ्चालक तुम्वापोेले जानकारी दिए ।
पाँच वर्ष अघि देखि राम्रो तालिम रोजगार केन्द्रको नामबाट काम गर्दै आएको सो इन्टिच्यूटमा सिटिइभीटीबाट मान्तया प्राप्त कोर्ष समेत सञ्चालन गर्न शूरु गरिएको सञ्चालकले बताएका छन् ।
सिटीइभीटीबाट सम्बन्धन प्रात गरी हाल तीन महिने कुक तालिम, वेटर वेटर्स तालिम, वेकरी तालिम, कमर्सियल कुकिङ र वेकिङ ७९२ घण्टाको तालिम शुरु भएको पनि तुम्वापोले जानकारी दिए ।
साथै १५ दिनको वेकरी,बार टेन्डर, हाउस किपिङ तालिम, वैदेशिक रोजगारीमा जानेहरुको लागि कोर्ष, जापान जाने नान तथा तन्दुरी कोर्षको व्यवस्था रहेको उनले बताए ।
बढी प्रयोगात्मक हिसावले सिकाइने, एक समुहमा १० जना मात्रै राख्ने, भिडियो कक्षा सञ्चालन र टाढाबाट आउने विद्यार्थीको लागि छात्रावासको व्यवस्था रहेको कारण युवाहरुको आकर्षण बढेको उनको भनाई छ ।
कोर्ष सम्पन्न भए पछि विभिन्न होटलहरुमा ओजेटीको समेत व्यवस्था गरिएको र प्रशिक्षकद्वारा कक्षा सञ्चालन गरिने पनि उनले बताए ।