धरान / सुनसरीको धरान बाट लागु औषधको अभियागमा पक्राउ परेकाको एक आरोपित आईतवार जिल्ला अदालत सुनसरीबाट फरार भएका छन । म्यादथप गर्न सुनसरी लगिएको औषध सहित चैत्र ९ गते पक्राउ परेका मोरगं बेलवारीका वीरेन्द्र खत्री फरार भएको हुन ।
सई चिरञ्जीवी रेग्मीको नेतृत्वमा इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले म्यादथपका लागी लगीएका मध्ये लागुऔषध आरोपी खत्री फरार भए पछि इलाका प्रहरीले प्रहरीको कमजोरी भएको भन्दै प्रहरी जवानहरु लोक बहादुर महत र जिवन श्रेष्ठ लाई हिरासतमा राखेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर याम बहादुर पौडेलले वताए ।
उनले भने प्रहरीको लापरवार्हीको कारण प्रहरी जवानहरुलाई म्याद थपको तयारी गरेका छौ । प्रहरी घेराबाट अभियुक्त फरार भए सँगै इलाका प्रहरी कार्यलय सँगै जिल्ला प्रहरी कार्यलयहरु अहिले तनाबमा छन ।
प्रहरीको घेरा भित्रबाट अभियुक्त फरारहुनु संखास्पद रहेकोले उनिहरुमाथी अनुसन्धान थालीएको प्रहरीले वताएको छ । आरोपी लागु औषध ओसार पोसार मुद्धामा पक्राउ गरिएको थियो । फरार खत्रीको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।