विजयपुर/गत असोज १ गते सप्तकोशी नदिमा डुङगा दुर्घटना भएर मृत्यु भएका स्थानियका आफन्तले ६ महिना पछि राहत रकम प्राप्त गरेका छन् ।
वराह नगरपालीका (साबिको महेन्द्रनगर गाबिस र प्रकाशपुर गाबिस)मा पर्ने श्रीलङका टापुका ९ जना डुङगा दुर्घटनामा मृत्यु भएको थियो । मृतकका आफन्तहरुले तत्कालै राहत पाउनु पर्ने भएपनि जिल्ला प्रशासन कार्यालय र तत्कालिन गाबिसको कार्यालयले वेवास्ता गरेका थिए ।
मृतकका आफन्तले राहात नपाएको र राहत माग्दा प्रशासनबाट वेवास्ता भएको बिषयमा ब्लाष्टले पटक पटक समाचार प्रकाशन गरेको थियो । ब्लाष्टमा समाचार प्रकाशीत भएपछि मृतकको मृत्यु दर्ता र क्षतिपुर्ति प्राप्तीको प्रकृया सुरु भएको थियो ।
श्रीलङका टापु स्थित गरैयाका डुङगा पिडितले राहात रकम पाउने बिश्वास गुमाएका थिए स्थानिय स्वास्थ्य केन्द्रका प्रमुख राजेन्द्र थापाले भने‘पत्रिकाले समाचार प्रकाशन गरेपछि पिडितहरुले राहत पाएका छन ।
डुङगा दुर्घटनामा परि स्थानिय ९ जनाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जिल्ला दैबि प्रकोप उद्धार समितीले जनही एक लाखका दरले राहत रकम उपलब्ध गराएको हो ।
डुङगा दुर्घटनामा परि स्थानिय आखै चन्द्रवंशीकी श्रीमती ३५ वर्षीया पार्वती चन्द्रवंशी, स्थानीय बोल्टा चन्द्रवंशीकी श्रीमती ३५ वर्षीया शकुन्तला चन्द्रवंशी र ११ वर्षीया छोरी अनिता चन्द्रवंशी, हरिबोल कविरतकी श्रीमती सीता कबिरत, डुङ्गाका ठेकेदार तुफान चन्द्रवंशीको मृत्यु भएको थियो ।
यसैगरी खुलबुल यादवकी श्रीमती कुञ्जन यादव, गोल्छा झाकी छोरी ७ वर्षीया रेखा झा, उनकै श्रीमती मीना झा र मीनाकी तीन वर्षीया छोरी पुजन झाको मृत्यु भएको थियो । राहत रकम पाएपछि स्थानिय बोल्टा चन्द्रबशींले ढिलै भएपनि राहत रकम पाएको भन्दै राहात रकमले छोरीलाई बढाउने बताए ।