धरान/प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनसरीको धरानमा आइतबार ‘जोनस्तरीय अभिमुखिकरण गोष्ठी’ सम्पन्न भएको छ ।
[caption id="attachment_37013" align="alignnone" width="900"]
बेसार र अदुवा जाेन सुनसरीमा जाेन स्तरीय अभिमुखिकरण कार्यकम । तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा भएको गोष्ठीमा सुनसरीलाई छनौट गरिएको ‘बेसार र अदुवा’ जोन अन्तर्गत जोन सञ्चालक समिति गठन गरिएको छ । सञ्चालक समितिको संयोजकमा सुर्दशन श्रेष्ठ, सह संयोजकमा प्रमिला नेम्वाङ, सचिवमा तपेन्द्र राई, सह सचिवमा कमला राई रहेका छन् ।
यसैगरी सदस्यहरुमा प्रकाश भण्डारी, डिल्लिराम गौतम, राजेन्द्र तामाङ, ज्योति लिम्बू र फूलमाया तामाङ रहेका छन् ।
सरकारले उक्त परियोजना ३७ जिल्लामा सञ्चालन गरेको छ । जस अन्तर्गत सुनसरीमा बेसार र अदुवा जोनको रुपमा रहेको छ । कृषि उपजलाई विशिष्टकृत क्षेत्र निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन भइरहेको परियोजना जोन इकाईका बरिष्ठ कृषि अधिकृत महेन्द्रराज कौडालले बताए । उनले गोष्ठीमा परियोजनाको बारेमा कार्यपत्रसमेत प्रस्तुत गरे ।
१० वर्षसम्म सञ्चालन हुने परियोजनाको लागि अनुमानित लागत एकखर्व ३० अर्व ७४ करोड २० लाख रुपैया रहेको छ । ३० जिल्लामा चालु आर्थिक वर्षमा ५ अर्व ७८ करोड ६२ लाख ७५ हजार रुपैया रहेको छ । सुनसरीको धरान अन्तर्गत अदुवा र बेसारको लागि एकहजार ६९ हेक्टर क्षेत्रफल छुट्याइएको छ । जसमा ११ मेट्रिक टन उत्पादन हुने लक्ष्य इकाईले लिएको छ ।