धरान/धरान–१६ बाट प्रहरीले ३ जना लागुऔषध प्रयोगकर्ताहरुलाई केही थान लागूऔषधसहित शनिबार नियन्त्रणमा लिएको छ । [caption id="attachment_21656" align="alignleft" width="300"] फाइल तस्बिर[/caption] पक्राउ पर्नेमा धरान–१६ का १७ बर्षिय, शिवराज राई, संदिप राई र आयुष राई रहेका छन् । उनिहरुको साथबाट प्रहरीले ५० एम्पुल नाईट्रोसन ट्याब्लेट फेला पारेको थियो । यता इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको पुष्टी गरे पनि नाम सार्वजनिक गरेको छैन् । तर, प्रहरीको क्षेत्रीय कार्यालयले भने नामसहित परिणाम पनि सार्वजनिक गरेको छ । उनीहरुको आइतबार म्याद थपको लागि जिल्ला अदालत लगिएको छ । उनीहरुलाई लागुऔषध ऐन अन्तर्गत कारबाही हुने बताइएको छ । यसैबीच सुनसरीको बराह नगरपलिका–१ स्थित कोशी नदीबाट प्रहरीले आईतबार बिहान ठुलो परिमाणमा गाजा बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा इप्रका महेन्द्रनगरबाट खटिएको टठोलीले सय केजी गाजा बरामद् गरेको हो । तर, गाजामा संलग्नहरु फरार भएका छन् ।