तरहरा/ सामाजिक क्षेत्रमा सक्रिय महिला सशक्तीकरण समूहले सुर्के थैली (झोला) बनाएका छन् । स्थानीय महिलाहरुलाई आर्थिक आयआर्जनको लागि सुर्के थैली बनाउने तालीम अन्तर्गत तीन दर्जन नारीले सुर्के थैली बनाएको हुन् । उनीहरुले बनाएको सुर्के थैली शुक्रबार भएको महिलाहरुको वृहत भेलामा किनबेच भएको थियो ।
सुर्केथैली तालीम समापन कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय सुनसरीका प्रमुख गीता न्यौपाने महिलाहरुलाई आर्थिक आय आर्जनको लागि सरकार लागी पर्नुपर्ने बताइन् । तरहराका महिलाले गरेको सुर्केथैली बनाउने कार्यक्रम प्रशंसनीय भएको भन्दै यस्ता कार्यक्रम गाउँगाउँमा गरेमा महिलाहरु आर्थिकरुपमा सम्पन्न हुने उनको भनाइ थियो ।
कार्यक्रमकी अध्यक्ष तथा महिला सशक्तीकरण तरहरीकी अध्यक्ष धर्मा गिरीले समूहका ३० जनाले झोला बनाउन सिकेको जनाउँदै अन्य सीपमूलक कार्यक्रममा पनि महिला सहभागीता हुनुपर्ने बताइन् । संस्थाकी उपाध्यक्ष विना भुजेलले महिलाहरु सक्षम हँुदै गएकोले अन्य तालीम समेत आवश्यक रहेको बताइन् । संस्थाको संस्थापक अध्यक्ष राधा घिमिरेले सरकारले महिलाहरुको लागि सीपमूलक कार्यक्रम दिनुपर्ने बताइन् ।