धरान/स्थानीय चुनाव नजिकिदै जाँदा मेयर/उपमेयरको चर्चाले धरान गर्माउन थालेको छ । बीसवर्षपछि हुन लागेको स्थानीय चुनावी रन्कोले दलहरुको व्यस्तता बढेको छ । ४९ दिनपछि देशले जनप्रतिनिधि प्राप्त गर्दैछ । त्यही मेसोमा धरानले पनि मेयर र उपमेयरसँगै वडाका अध्यक्षदेखि सदस्यसम्म प्राप्त गर्दैछ । चुनावी मैदानमा एउटै पार्टीबाट झण्डै ५ जना भन्दा बढी आकांक्षी छन् । यो आकांक्षाको पुलिन्दा चुलिरहँदा भने कतिपयले ‘बार्गेनिङ’ को लागि पनि नाम फ्याकिरहेका छन् । केन्द्रीय चुनावमा जसरी ठूला पार्टीहरुले हालीमुहाली गरेका छन् स्थानीय चुनावमा पनि तिनीहरुकै हालिमुहाली हुने निश्चिन्त छ । कांग्रेस, एमाले र माओवादी केन्द्रकै नेताहरुको बर्चश्व हुनेमा दुईमत छैन् । पकड क्षेत्र अनुसारको चुनावी परिणाम आउने छ । तर, कम्युनिष्ट इतिहास बोकेको धरानमा यसपटक कस्ले बाजी मार्ने हो ४९ दिन पछि नै नतिजा हाम्रोसामू आउने छ । चुनावी मैदानमा कांग्रेस, एमाले र माओवादी केन्द्रका आकांक्षीहरुमा चुनावी सरगर्मी चढिसकेको छ । उनीहरु स्थानीय स्तरमा मात्रै हैन, केन्द्रसम्म धाउन थालिसकेका छन् । कांग्रेसबाट मेयरको लागि पार्टी सुनसरी जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले, नगर सभापति तिलक राई, पुर्व सभापति किशोर राई, महासमिति सदस्य पर्वत राई पनि आकांक्षी छन् ।
कांग्रेसबाट मेयर पार्टी सुनसरी जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले, नगर सभापति तिलक राई, पुर्व सभापति किशोर राई, महासमिति सदस्य पर्वत राई उपमेयर पूर्व महाधिवेशन प्रतिनिधि श्यामा रेग्मी र पूर्व महाधिवेशन प्रनिनिधि मीना पुलामी एमालेबाट मेयर जिल्ला उपाध्यक्ष रमेश बस्नेत, जिल्ला सदस्यहरु प्रदीप भण्डारी, मुरारी सुवेदी, जयकुमार राई, भुवन मोक्तान र प्रदेश नम्बर एकको समिति सदस्य विजय राई र नगर अध्यक्ष तारा सुब्बा उपमेयर  लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य सावित्री श्रेष्ठ, जिल्ला सदस्य बेणु काफ्ले, जिल्ला सदस्य मञ्जु भण्डारी र महेन्द्र क्याम्पसबाट हालै सेवानिवृत भएकी प्राध्यापक रुकमणी मास्के माओवादी केन्द्रबाट मेयर नगर क्षेत्र इन्चार्ज आइन्द्रबिक्रम बेघा, नगर क्षेत्रको सह इन्चार्ज अशोक राई, नगर क्षेत्रको सह इन्चार्ज भुमिका चौलागाई, नगर क्षेत्र सह इन्चार्ज दिलबहादुर रामदाम, सह इन्चार्ज दीपेश बिक, नगर संयोजक चोत्लुङ, नगर संह संयोजक राम सुब्बा उपमेयर केन्द्रीय सदस्य उमिता बराइली, नगर सह संयोजक चेतना श्रेरेङ, अर्का सह संयोजक कमला राई, जिल्ला सदस्यद्वय रमेश राई, दीपेश श्रेष्ठ
यो त भयो मेयरको लागि । उपमेयरको लागि भने कांग्रेसकी पूर्व महाधिवेशन प्रतिनिधि श्यामा रेग्मी र पूर्व महाधिवेशन प्रनिनिधि मीना पुलामीको नाम अग्रपंक्तिमा सुनिएको छ । यो पटकदेखि महिला अनिवार्य गरेसगै हरेक पार्टीले उपमेयरको लागि महिला प्रतिनिधिलाई उठाउने छ । एमालेबाट जिल्ला उपाध्यक्ष रमेश बस्नेत, जिल्ला सदस्यहरु प्रदीप भण्डारी, मुरारी सुवेदी, जयकुमार राई, भुवन मोक्तान र प्रदेश नम्बर एकको समिति सदस्य विजय राई र नगर अध्यक्ष तारा सुब्बा आकांक्षी देखिएका छन् । त्यसमध्ये पनि ताराको सम्भावना बलियो रहेको पार्टी कार्यकर्ताहरु बताउ“छन् । अध्यक्ष सुब्बाले पार्टीको निर्णय नै सर्वोपरी हुने बताए । आकांक्षीहरु धेरै देखिएको उनले बताए । यता उपमेयर महिलामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य सावित्री श्रेष्ठ, जिल्ला सदस्य बेणु काफ्ले, जिल्ला सदस्य मञ्जु भण्डारी र महेन्द्र क्याम्पसबाट हालै सेवानिवृत भएकी प्राध्यापक रुकमणी मास्केको नाम अग्रपक्तिमा छ । श्रेष्ठ यसअघिको समानुपातिक उम्मेद्वार भएकाले उनले नगरमा फर्किएर काम गर्लान भन्ने पार्टी नेता कार्यकर्ताहरुलाई लागेको छैन् । माओवादी केन्द्रबाट नगर क्षेत्र इन्चार्ज आइन्द्रबिक्रम बेघा, नगर क्षेत्रको सह इन्चार्ज अशोक राई, नगर क्षेत्रको सह इन्चार्ज भुमिका चौलागाई, नगर क्षेत्र सह इन्चार्ज दिलबहादुर रामदाम, सह इन्चार्ज दीपेश बिक, नगर संयोजक चोत्लुङ, नगर संह संयोजक राम सुब्बासमेत आकांक्षी देखिएका छन् । त्यसमध्ये पनि आइन्द्र र भूमिकाले अली बढी मेयरको लागि आकंक्षा गरेको पार्टी पंक्तिमा चर्चा छ । त्यसका लागि उनीहरु केन्द्रसम्म धाउने काम गरिरहेका छन् । उपमेयर पदको लागि केन्द्रीय सदस्य उमिता बराइली, नगर सह संयोजक चेतना श्रेरेङ, अर्का सह संयोजक कमला राईको नाम अंग्रपक्तिमा छ । त्यस्तै जिल्ला सदस्यद्वय रमेश राई, दीपेश श्रेष्ठ पनि उपमेयरको लागि आकंक्षी देखिएका छन् । नगर संयोजक चोत्लुङले पार्टी केन्द्रको आधिकारिक निर्णय नेता, कार्यकर्ताहरुमा लागू हुने बताए । तर, पार्टीको केन्द्रीय तहबाटै निर्णय हुने भएकाले पनि कसैले आधिकारिक रुपमा मुख खोलेका छैनन् । कांग्रेसमा गुटगत राजनीतिक अनुसार भागबण्डामा पर्ने देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा प्यानल, रामचन्द्र पौडेल प्यानलबीचको भागबण्डाका कारण धरानमा को पर्ने भन्ने निश्चित भइसकेको छैन् । पहिलो नम्बरमा तिलक र किशोरले आकंक्षा गरेका छन् । नगर सभापति भएकाले तिलकले मेयर पद आफ्नो हुने दाबी यस अघि नै गरिसकेका छन् । र, कार्यकर्ताहरुले पनि आफूलाई चाहेको यस अघि नै बताएका थिए । तर, चुनावी मैदानमा किशोर पक्षधरहरु भने किशोर नै मेयरको लागि एकमात्रै उम्मेद्वार हो भन्दै हिडिरहेको स्थिति पनि छ । यो स्थितिमा पार्टीले कसलाई मेयरमा टिकट देला भन्ने त्यो हेर्न बाँकी छ । नेता, कार्यकर्ताहरु भने आ–आफ्नै खाल्का डम्फू बजाइरहेका छन् । तर, अन्तिम टुङ्गो भने पार्टीका केन्द्रीय स्तरका नेताहरुले लगाउने छन् । पार्टीले अन्तिम टुङ्गो नलगाएको कारण पनि अहिले नै चुनावी नारा लिएर हिड्न सकेका छैनन् । धरान नगरको हकमा यस अघिको चुनावी परिणामहरु हेर्दा एमालेको पक्षमा मतपरिणाम जाने गरेको थियो । जसले गर्दा कांग्रेस र माओवादी केन्द्र समिकरण गरेर जाने हल्ला पनि बजारमा छ । त्यसो हुन सकेमा उनीहरुको समिकरण केही बलियो हुने छ । तर, पार्टीका नेता कार्यकर्ताहरु भने समिकरण हुने अवस्था नरहेको बताउदै आइरहेका छन् । जिल्ला प्रवक्ता गोले भन्छन्, ‘केन्द्रमा पनि, जिल्लामा पनि समिकरण गरेर जाने कुरा भएको छैन् । र, पार्टीको नीतिगत रुपमा त्यस्तो निर्णय भएको छैन् ।’