काठमाडौं/ नेकपा एमालेकी सांसद दुलारी देवीको निधन भएको छ । यही चैत ३ गते भएको सवारी दुर्घटनामा परी घाइते भएकी उनको वीएण्डबी अस्पतालमा उपचारको क्रममा बिहिबार राती निधन भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आएकी थिईन् । उनका पति, दुई छोरा र दुई छोरी छन् ।
उनको निधनको खबरसँगै एमाले नेता माधव नेपालसहितका नेताहरु अस्पताल पुगेका छन् ।