धरान/ नेपाली काङ्ग्रेसका भ्रातृ सङ्गठन नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल आदिवासी जनजाति सङ्घले धरानका विभिन्न वडामा सङ्गठन बिस्तार गर्न थालेका छन् ।

यसै क्रममा काङ्ग्रेस धरान–८ का सभापति उत्तम राईको अध्यक्षतामा भएको भेलाले अध्यक्ष अमित देवान, उपाध्यक्ष पर्वत राई, सचिव सागर तामाङ, सहसचिव तुलसी विश्वकर्मा, कोषाध्यक्ष नितु लिम्बू, सदस्यहरु प्रनाइन लिम्बू, निरज सुन्दास, सरोज विश्वकर्मा, किशोर लिम्बू, गिरिराज भण्डारी, रवि लामा, पवन लिम्बू, सङ्गीता राई रहेको १२ सदस्यीय वडा समिति सर्वसम्मत गठन गरेको छ ।

यसैगरी धरान–६ (साविक २३) का सभापति पदम पौडेलको अध्यक्षतामा भएको भेलाले नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल आदिवासी जनजाति सङ्घको वडा समिति गठन गरेको छ ।

तरुण दलमा अध्यक्ष हेमराज योञ्जन तामाङ, उपाध्यक्ष रिजन तामाङ, सचिव सागर कालिकोटे, सहसचिव तेजबहादुर भुजेल, कोषाध्यक्ष सन्तोष तामाङ, सदस्यहरु अशोक तामाङ, रोशन गिरी, विदुर विष्ट, निकेश घिमिरे, चन्द्र श्रेष्ठ, नेत्र भण्डारी, विष्णु कुँवर र शारदा विष्ट छन् ।

नेपाल महिला सङ्घमा अध्यक्ष झुमा राई, उपाध्यक्ष इन्द्रमाया वि.क., सचिव सङ्गीता बराल, सहसचिव कञ्चना आचार्य, कोषाध्यक्ष गीता लिम्बू, सदस्यहरु सम्झना कार्की, विना खनाल, गीता बस्नेत, धनुषा विसुन्खे, गीता खनाल, प्रमिला थापा, गंगा राई, देवी थापा, मीना मुदेल, सीता थपलिया, तिलमाया खड्का, दुर्गा गिरी, मञ्जु कटवाल, यशोदा गौतम, अर्पणा विष्ट, शारदा कार्की, मुना कटवाल, रमिला रसाइली, हिरादेवी अधिकारी (सुवेदी), गोमा आचार्य, राधिका कटवाल, बालकुमारी पौडेल, शारदा गौतम (कार्की), नीता गौतम, अनिता गौतम, अनिता लिम्बू मगर, गीता विसन्खे छन् ।

आदिवासी जनजाति सङ्घमा भने अध्यक्ष विशाल श्रेष्ठ र सचिव चन्द्र श्रेष्ठलाई मात्र चयन गरिएको छ ।

भेलामा प्रमुख अतिथि काङ्ग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वत राई, महासमिति सदस्य उमेश थापा, तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, आदिवासी जनजाति सङ्घ सुनसरीका सभापति नन्दराज राई, काङ्ग्रेस क्षेत्रीय उपसभापति धनबहादुर कटवाल, सचिव मुरारी भट्टराई, क्षेत्रीय कोषाध्यक्ष तथा नेविसङ्घ केन्द्रीय सदस्य सागर प्रसार्इं, क्षेत्रीय सहसचिव नारद राई, धरान नगर सचिव श्याम पोखरेल र युवराज शङ्कर, तरुण दल धरान नगर सभापति हिमाल श्रेष्ठ लगायत उपस्थित थिए ।