भद्रपुर/लामो समयपछि झापामा गरिएको बजार अनुगमनमा घरेलु कार्यालय नजिकै अधिकाशं पसलवाट अखाध्य वस्तु फेला परेको छ । जिल्ला बजार अनुगमन समिति झापाले मंगलवार भद्रपुरनगरपालिका क्षेत्रभित्र रहेका चन्द्रगढीका पसल तथा होटलमा गरेको अनुगमनका क्रममा यस्तो सामाग्री फेला पारेको हो । अनुगमन समितिका सदस्य सचिव एवं घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका उद्योग अधिकृत चन्द्र प्रसाद मीश्रको नेतृत्वमा खाद्य निरीक्षक दिनेश ढुङ्गेल, असई निरा श्रेष्ठ,प्रहरी जवान महेश गिरी,पत्रकार उत्तम नेपाल, इश्वर अधिकारी लगायतको टोलीले चार होटल र पसल गरी आठ ओटामा अनुगमन गरिएको उद्योग अधिकृत मीश्रले बताए । समितिले बाबा मीष्ठान भण्डार,मनीको होटल, लक्ष्मी मीष्ठान भण्डार,चैनपुरे होटल, रुपा स्टोर,न्यौपाने स्टोर,गोर्खा डिर्पाण्मेन्ट र हङकङ डिर्पाण्मेन्टमा अनुगमन गरेको मीश्रले जनाए । बाबा मीष्ठान भण्डारले दर्ता कागज पत्र देखाउन नसकेको ,मिठाइमा रङ् प्रयोग गरी तयारी खाद्यवस्तु खुल्ला राखेको ,सरसफाइमा ध्यान नदिएको ,तयारी बुनियामध्ये प्रयोगशाला परीक्षणका लागी चार सय ग्राम लगिएको छ । त्यसैगरी मनीको होटललाई तिन दिन भित्रमा होटल सफा राख्न निर्देशन दिएको ,उपभोग्य मिति समाप्त भएको वस्तु फेला पारेको छ । लक्ष्मी मीष्ठान भण्डारवाट टोलीले म्याद गुज्रीएको सोना वेसन,माउण्टेन डिउ लगायतका वस्तु फेला पारेको छ । घरेलु कार्यालय अगाडी रहेको रुपा स्टोरमा म्याद सकिएका अधिकांश उपभोग्य वस्तु राखेको,दर्ता कागज पत्र नराखेको लगायतका गल्ती समितिले फेला पारेको छ । त्यस्तै गोर्खा डिर्पाण्मेन्टले बच्चाले खाने किन्डर जोवे, छावा ब्राण्डको जुस र नन्दा जानकी नुडल्स उद्योगवाट उत्पादित सिन्के चाउचाउमा लेवल विवरण स्पष्ट नभएकोले प्रयोगशाला परीक्षणका लागी लगिएको छ । उपभोग्य मिति समाप्त भएका क्यामेली जुस,वोतलको फ्रुटीलगायतको सामाग्री हङकङ डिर्पाण्मेन्टवाट फेला पारेको खाद्य नीरीक्षक दिनेश ढुङ्गेलले बताए । फेला पारिएका अखाद्य वस्तुलाई प्वाल पारी एक पटकलाई सचेत गराइएको बताए । व्यापारीले खान योग्य वस्तुसगै म्याद सकिएका सामाग्री सजाएर राखेको पाइएकोले अबउप्रन्त यस्तो पाइएमा नियमानुसार कारवाही अगाडी बढाइने जानकारी व्यवसायीलाई दिएको निरीक्षक ढुङ्गेलले बताए । घरेलु कार्यालयमा कर्मचारी अभाव भएका कारण बजार अनुगमनमा समय दिन नसकेको उद्योग अधिकृत मीश्रको भनाई छ । व्यापारी आफै सचेत नभएसम्म अखाद्य वस्तु फेला परिरहने उनले बताए । अनुगमनमा जिल्ला प्रशासन, वाणीज्य संघको भने उपस्थिती देखिएन ।