भरौल/बराह नगरपालीका ४ स्थित कालाबञ्जारमा साईनो सञ्चार धरानको सहयोगमा एक दिने सञ्चार सिकाई कार्यक्रम सम्पन्न भएको छ । सञ्चार सिकाई कार्यक्रममा २८ जना को सहभागिता रहेको थियो ।
सुनसरी सन्देश साप्ताहिकले आयोजना गरेको उक्त कार्यक्रमा सञ्चार र समाजका बिषयमा जानकारी गराइएको सुनसरी सन्देश साप्ताहिकका सह सम्पादक अच्युत भट्टराईले जानकारी दिए ।
सञ्चार सिकाई कार्यक्रमा साईनो सञ्चारका योजना ब्यबस्थापक तथा ब्लाष्ट दैनिकका पत्रकार योगेशबाबु काफ्लेले सहजीकरण गरेका थिए ।सञ्चार सिकाईले आफुहरुमा सामाजीक रुपमा सक्रिय हुन आत्माबल मिलेको सहभागि निर्मला पुरीले बताईन ।
आफुलाई सामाजीक रुपमा स्थापित गर्न र सामाजकि जिम्मेवारी कसरी बहन गर्न सकिन्छ भन्ने कुरालाई सहजतापुर्बक सिक्ने अवसर मिलेको सहभागि दुर्गा खड्काले बर्ताइन ।
सोही कार्यक्रममा २५ सदस्यीय साईनो सञ्चार समुह कालाबञ्जारपनि गठन भएको छ । समुहको संयोजकमा रोहिता भट्टराई रहेकी छिन् भने सचिबमा कमला बस्नेत रहेकी छिन् ।
साईनो सञ्चार समुह कालाबञ्जारका सदस्य दीपक पुरीले समुह मार्फत समाजका हरेक गतिबिधिलाई सार्बजनिक गर्ने र युवा पुस्तालाई सञ्चार मार्फत समाजप्रती जिम्मेवार बनाउने अभियान सञ्चालन गर्ने बताए ।