धरान/सोमाबर भेडेटारमा असिना परेपछि त्यहाँ असिना खेल्नका लागि युवायुवतीको निकै ठुलो भिड लागेको छ । सबैले फेटो खिचेर फेसबुकमा हाल्न समेत भ्याएका छन् । लामाे समय पछि भेडेटार सेताम्मे बनेकाे हेर्न धरानेहरुकाे भीड लागेकाे छ । धेरै हिउ भनेर झुक्कीएका छन् । असिना पानी परे पछि भेडेटारको मौसम पनि खुलेको छ । भेडेटारबाट देखिने कुम्भकर्ण, मकालु हिमाल खुलेका छन् । सप्तकोशी व्यारेज, तराईको फाँट यति बेला भेडेटारबाट धेरैले आँखाभरी कैद गर्न भ्याएका छन् । भेडेटारको असिनाले ढाकेको दृष्य क्यामेरामा कैद गर्नेहरुको भीड छ । हेरौ असिना सँग सिगारिएको भेडाटारका सुन्दर तस्विरहरु ।तस्विरहरु: सामािजक संजालबाट