धरान /आज दिउसो भेडेटारमा असिना पानी परेको छ । असिनापानी परेपछि भेडाटारमा अत्याधिक जाडो बढेको छ भने धरानमा चिसो बढेको छ । होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीका अनुसार भेडेटारमा डेड फिट सम्म असिना थुप्रेको छ ।
भेडेटार आसपासका डाँडाहरु असिनाले सेतै देखिन थालेको छ । सडकमा असिना थुप्रिएका कारण सडक अबरुद्ध भएको छ । अहिले धरान धनकुटा चल्ने सार्बजनिक तथा निजी सवारीसाथनहरु चल्न नसकेको भेडाटार स्थित प्रहरी चौकीले जनाएको छ । जल तथा मौसम बिज्ञान बिभागले भोली सम्म असिना पानी पर्न सक्ने पुर्वानुमान गरेको छ ।भेटेडारमा यसरी असिना परेकाे पहिलाे पटक भएकाे जानकारहरू बताउछन् ।