बेलबारी/  बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह बेलबारीको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष डम्बर बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । यसैगरी सचिव निशाकिरण राईले भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष कमल कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा जिल्ला वन कार्यलय मोरङका अधिकृत डा. विनोद देवकोटाले बेतना सिमसार पर्यटनको अलावा जैविक विविधताको अध्ययनको पनि केन्द्र बन्ने सम्भावना रहेको बताए । कार्यक्रममा बेलबारीका राजनैतिक दल, सङ्घसंस्थाका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।