तरहरा/ नेपाली काग्रेसका अगुवा कार्यकर्ताहरुले स्थानीय चुनावमा पार्टी भित्रको गुट त्याग्न नेताहरुलाई सुझाब दिएका छन । नेपाली काग्रेस इटहरी उपमहानगर समिति र २ नम्वर क्षेत्रीय कार्यलयले आयोजाना गरेको अगुवा कार्यकर्ता भेलामा वोल्दै अधिकांस अगुवा काग्रेसले गुटको आफ्नै संगठन भित्रको गुट त्याग्नुको विकल्प नभएको वताएका हुन ।नेपाली काग्रेस भित्रकै नेताहरु सहमती गरेर स्थानीय चुनावमा जानु पर्ने अगुवा कार्यकर्ताहरुले सुझाव दिएका छन । इटहरी वडानम्वर ३ का सुर्यमणी निरौलाले पार्टी भित्रको गुटहरु तोड्दै अगाडी वढ्नु पर्ने वताएका थिए । स्थानीय चुनावमा नेता तथा कार्यकर्ताहरु होमिनु पर्ने अगुवा काग्रेसहरुको सुझाव थियो । काग्रेस अगुवा भोला वस्नेतले कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रमहरु अगाडी वढाउँदै जानु पर्ने वताएका थिए । त्यस्तै काग्रेस अगुवा हरिनारायण चौधरीले पार्टी चुनावमा लाग्नुको विकल्प नभएको भन्दै गाउँ गाउँमा संगठन विस्तारमा लाग्न सुझाव दिए । स्थानीय चुनावमा मिलेर अगाडी वढ्नु पर्ने काग्रेस अगुवा शेखर चौधरीको भनाई थियो । चौधरीले भने उम्मेरद्धारी छनौटमा एक ढिक्का भएर अगाडी वढ्नु पर्ने वताएका थिए । आन्तरीक चुनावको तित्ततालाई छोड्दै स्थानीय चुनावमा सबैलाई लाग्न उनको आग्रह पनि थियो । नेपाली काग्रेसका नगर सचिव विजय केसीले काग्रेस भित्र गुट उपगुट हुन नुहेने वताए । इटहरीका पुराना काग्रेस विरेन्द्र कार्कीले पनि संगठन विस्तारमा काग्रेस अगाडी वढ्दै जानु पर्ने वताए । आफ्नै पार्टी भित्र झगडा नगर्ने सुझाव दिदै उनले इटहरीमा काग्रेस एक ढिक्का भएर अगाडी वढ्नु पर्नेमा सुझाव दिएका थिए । त्यस्तै साविक खनारका युवा नेता समिर कार्कीले युवा पुस्तालाई अग्रजहरुले वेवस्ता गर्नु नहुने सुझाव दिए । उनले भने युवामा नयाँ जोस छ उनीहरुलाई काम गर्ने दिनु पर्छ । काग्रेस महासमिति सदस्य राजिब ढुंगानाले काग्रेस एक ढिक्का भईसकेको भन्दै संगठन विस्तारमा लाग्नु पर्ने सुझाव दिए ।निर्वाचन आयोगले निर्वाचन प्रकृया सुरु गरेसँगै स्थानिय स्तरमा राजनितिक दलहरुमा पनि चहलपहल सुरु भएको छ । स्थानिय तहमा मा हुने निर्वाचनका लागि सक्रियता देखाउन थालेका हुन । निर्वाचनलाई सफल बनाउन तथा उम्मेद्धारका विषयमा रणनिति तय गर्न छलफल आयोजना नेपाली काग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले वताए । तत्काल गाउँमा रणनिति वनाउँन कार्यकर्ताहरु परीचालन गरीने काग्रेस नगर सचिव प्रकाश वस्नेतको भनाई थियो । गाउँ गाउँमा निर्वाचनको लहर ल्याउन नेताहरु गाउँ जान उनीहरुले सुझाव दिएका छन् । समयमै निर्वाचन भए स्थानिय स्तरको विकासले प्राथमिकता पाउने उनीहरुको विश्वास रहेकोलेसुझावको कार्यान्वयनका लागि कार्यक्रम गाउँ जाने नेपाली काँगे्रस २ नम्बर क्षेत्रीय अध्यक्ष मणी श्रेष्ठले वताए । क्षेत्रीय सभापति मणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा २ नम्वर क्षेत्रका एक हजार भन्दा वढि अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।