विजयपुर/लिम्बुवान आन्दोलनका सक्रिय नेता कमल छाराहाङको निधन भएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा छाराहाङको निधन भएको किरात आठपहरीया समाजका महासचिब सुर्य आठपहरीयाले जानकारी दिए ।
छाराहाङ आठपहरीया समाजका अध्यक्ष समेत हुन । लामो समयदेखि लिम्बुवान आन्दोलनमा सक्रिय छाराहाङले केहि महिना अघिमात्र लिम्बुवान मुक्तिमोर्चा (संघिबादी)पार्टि घोषणा गरेका थिए ।उनी लिम्बुवानका लेखक र चिन्तकपनि हुन् ।
छाराहाङ लिम्बुवानी आन्दोलनका बौधिक र स्पस्टबक्ता नेताको रुपमा चिनिएका थिए । आठपहरीया समाजका महासचिब सुर्य आठपहरीयाका अनुसार छाराहाङलाई आज बिहान दम बढ्ने र बाडुली लाग्ने समस्याले सताएको थियो ।
आठपहरीया समाजको बैठकमा सहभागि हुन धनकुटा पुगेका छाराहाङ स्वास्थ्यमा समास्या आएपछि बिराटनगर स्थित नोबल मेडिकल कलेज मा उपचारकालागी गएका थिए । संघिय लिम्बुवान नेपालका सर्बमान्य नेता बिर नेम्वाङलेपनि छाराहाङको निधन भएको पुष्टि गरेका छन् ।