धरान/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाको दोस्रो अधिवेशनले अध्यक्षमा सर्वसम्मतबाट धिरेन्द्र चौधरीलाई निर्वाचित गरेको छ । झुम्काको क्षेत्रीय कृषि तालिम केन्द्रको सभाहलमा भएको अधिवेशनले समितिको उपाध्यक्षमा विनय प्रधान, सचिवमा शिशिर राई, सह सचिवद्वयमा निशान प्रकृति थारु र सुप्रिया राई र कोषाध्यक्षमा कुशल कुरुङभङ चयन भए । यसैगरी सदस्यहरुमा इक्सा मादेन, कमला चौधरी, विक्रम सुब्बा, विजय राई, नविन चौधरी, प्रेरणा अठाप्रे, लिलिनाथ गच्छदार रहेका छन् । त्यस्तै केन्द्रीय पार्षद्मा हर्ष सुब्बा, यम प्रधान, स्वर्णिमहाङ फोम्बो, सुनिल चौधरी, कुलदीप चौधरी, विनय राजवंशी, सुकदेव चौधरी, दिव्या चौधरी, आर्दश आलेमगर, नविन गुरुङ, जनकऋषी राई र गोपाल देवान रहेका छन् । प्रदेश पार्षद्मा सुम्निमा चाम्लिङ, सिंहबहादुर मादेन र सञ्जु राई छन् । प्रदेश पर्यवेक्षकमा राजकुमारी चौधरी र टिना चोङबाङ छन् । कार्यक्रमको उद्घाटन फोनिजका केन्द्रीय उपाध्यक्ष भैरव आङ्ला, थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार राजाराम चौधरी, फोनिजका केन्द्रीय सल्लहकार हर्ष सुब्बा, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काकोसमेत उपस्थिति रहेको थियो । अधिवेशनका क्रममा नेपाल पत्रकार महासंघ सुनसरीको १० औं अधिवेशनबाट निर्वाचित कार्य समिति र केन्द्रीय पार्षद्, प्रदेश पार्षद्हरुलाई प्रमाण पत्रसहितले सम्मानित गरिएको छ । जिल्लाबाट २७ जना फोनिज पत्रकारहरु निर्वाचित भएको केन्द्रीय उपाध्यक्ष भैरव आङ्लाले बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलेसमेत सम्बोधन गरेका थिए ।