यसैगरी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनको तयारी मोरङमा तीव्रगतिमा भइरहेको छ ।

जिल्लाका एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकामा गरिने निर्वाचनका लागि तयारीको काम भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

जिल्लामा अनुमानित पाँच लाख ७२ हजार मतदाताका लागि तीन सय १० वटा मतदान केन्द्रको माग केन्द्रीय कार्यालयसँग गरिएकोे क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख भक्तबहादुर भट्टराईले जानकारी गराए ।

मतदान केन्द्रका लागि आवश्यक पर्ने जनशक्ति परिचालन गर्नका लागि विभिन्न कार्यालयसँग कर्मचारीका विवरण माग गरिएको बताउँदै उनले मतदाता शिक्षा कार्यक्रम र तालिम लगायतका कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको बताए ।

-रासस