कञ्चनपुर/मेची–महाकाली अभियान अन्तर्गत कञ्चनपुरमा विहीबार भएको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कञ्चनपुरमा भारतीय प्रहरीको गोलीले मृत्यु भएका गोविन्द गौतमको परिवारलाई  पाँच लाख राहत  दिने र छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन्।

उनले पहिले संविधान बन्नै नदिने प्रयास भएको र अहिले कार्यान्वयन हुनै नदिने षडयन्त्र भैरहेको बताए ।उनले एमालेविरुद्ध गरिएको भ्रम चिर्न पनि मेची–महाकाली यात्रा राखिएको बताए । ओलीले चीनसँग रेल जोड्ने कुरा पनि एमालेले नै अघि सारेको सम्बोधनका क्रममा बताएका थिए ।